२०८२, पौष २० गते

Jan 04 2026 | २०८२, पौष २० गते

रुपन्देही–४ बाटै मेरो उम्मेदवारी रहनेछ : भोपेन्द्र यादव

शनिवार , पौष १९, २०८२

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • भैरहवा, १९ पुस । जनमत पार्टीका राष्ट्रिय सचिव भोपेन्द्र प्रसाद यादवले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा रुपन्देही क्षेत्र ४ (मर्चवार) बाटै आफूले उम्मेदवारी दिने स्पष्ट पार्नुभएको छ । उहाँले यसबारे भ्रममा नपर्न समेत आग्रह गर्नुभएको छ ।

    शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्नुभएको छ–भ्रममा नपरौं । रुपन्देही–४ मर्चवार क्षेत्रबाट नै भोपेन्द्र प्रसाद यादवको उमेदवारी हुनेछ । विगत १३ वर्षदेखि निरन्तर त्यसै क्षेत्रमा जनतासँग घुलमिल, मेलमिलाप, सेवा, सत्कार तथा विभिन्न किसिमको मिसन भिजनमा संघर्ष गरी जनताको हकअधिकार, स्वाभिमान, सम्मान पहिचानको निम्ति एवं नागरिकता विधयेकविरुद्ध, मधेश स्वराज आन्दोलन जनता राजको लागि संघर्ष गर्दा दर्जनौंपटक झुठा मुद्दामा जेल जीवन बिताउनुपरेको थियो। 

    ‘केही व्यक्तिहरु नितान्त व्यक्तिगत स्वार्थको लागि मेरो बारेमा विभिन्न सञ्चारमाध्यम तथा सोसल मिडियामामार्फत क्षेत्र नम्बर ५ मा चुनाव लडने भनेर गलत प्रचारप्रसार गरेको सुन्दा हेर्दा मेरो गम्भीर ध्यानाकर्षण भएको छ, ’यादवले भन्नुभयो ।

    त्यस्ता गतिविधि प्रकाशन, प्रशारण नगरीदिनहुन समेत उहाँले अनुरोध गर्नुभएको छ । पार्टीको औपचारिक निर्णय बिना सञ्चार माध्यममा गएर कसैले अनार्गल झुठा कुरा गरी प्रचारप्रसार गर्छ भने पार्टीले कारवाही गर्न बाध्य हुने उहाँको भनाइ छ । 
    ‘पार्टीको राष्ट्रिय पदाधिकारी वा अन्य कसैको चरित्रहत्या हुने गरी कही कुनै किसिमको अभिव्यक्ति पार्टीले क्षम्य गर्दैन । त्यसकारण त्यस क्षेत्रमा मेरो लगानी समय जनताको आशिर्वाद मेरो परिवारजनहरुको पनि त्यसै क्षेत्रमा भोटरलिस्टमा नाम भएको कारण मेरो उम्मेदवारी हुनेछ,’ उहाँले भन्नुभयो ।

    गत २०७९ को संघीय संसद्को निर्वाचनमा मर्चवार क्षेत्रका जनताप्रति उहाँले धन्यवाद व्यक्त गर्नुभयो । २०७९ सालको निर्वाचनमा रुपन्देही–४ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिनुभएका यादवले १५ हजार ५ सय २६ मत प्राप्त गर्नुभएको थियो ।