२०८२, पौष १९ गते

Jan 03 2026 | २०८२, पौष १९ गते

कालिका मानवज्ञान माविमा नतिजा प्रकाशनसँगै खाना महोत्सव

शनिवार , पौष १९, २०८२

  • 259
    Shares
  • 259
    Shares
  • बुटवल, १९ पुस । रुपन्देहीको बुटवलस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयमा अर्धवार्षिक परीक्षाको नतिजा प्रकाशनसँगै खाना महोत्सव (फूड फेस्टीभल) आयोजना गरिएको छ । बुटवल उपमहानरपालिका वडा नम्बर १० कालिकानगरमा रहेको सेक्टर १ र सोही वडाको सेक्टर २ रामनगरमा नतिजा प्रकाशनसँगै खाना महोत्सव आयोजना गरिएको हो ।

    विद्यार्थीहरुले आफुले तयार गरेका मौलिक नेपाली खानाका परिकारहरु पकाएर  अभिभावकहरुलाई खुवाएका थिए । विद्यालयमा आफ्ना सन्तानको नतिजा हेर्ने, सुन्न आएका अभिभावकहरुले आफ्नै सन्तानले पकाएका खानाका परिकारको स्वाद लिन पाउँदा मख्ख देखिएका थिए । विद्यार्थीहरुले सेलरोटी, चुकौनीसहित ललिपप लगायतका विभिन्न परिकाहरु बनाएका थिए ।   

    विद्यालयमा कक्षा ११ र १२ को होटल म्यानेजमेन्टमा अध्ययनरत विद्यार्थीहरुले खानाका परिकार बनाउनको लागि सहजीकरण गरेका थिए । कक्षा ६ र ७ का विद्यार्थीको खानाका परिकार बनाउनको लागि पूर्णरुपमा सहभागी रहेको कार्यक्रम संयोजक विद्यालयका शिक्षक ईबराज तिवारीले जानकारी दिनुभयो ।  

    विद्यालयका प्रधानाध्यापक दिनेश थापाका अनुसार विद्यार्थीहरुले सिकेका सैद्वान्तिक ज्ञानलाई व्यवहारिक रुपमा रुपान्तरण गर्नको लागि खाना महोत्सव आयोजना गरिएको हो ।