२०८२, पौष १८ गते

Jan 02 2026 | २०८२, पौष १८ गते

गुप्ता र चौधरी रास्वपामा प्रवेश

बिहिवार , पौष १७, २०८२

  • 403
    Shares
  • 403
    Shares
  • भैरहवा, १७ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले) परित्याग गर्नुभएका पार्टीका लुम्बिनी प्रदेश कमिटी सदस्य संजय कुमार गुप्ता र सल्लाहकार एवं राष्ट्रिय महिला आयोगको पूर्व सदस्य धनेश्वरी चौधरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गर्नुभएको छ ।

    रास्वपाद्वारा बिहीबार रुपन्देहीको भैरहवामा आयोजित कार्यक्रममा गुप्ता र चौधरी पार्टीमा प्रवेश गर्नुभएको हो । गुप्ता एमाले रोहिणी गाउँपालिकाको इञ्चार्ज समेत हुनुहुन्थ्यो । उहाँहरुसहित दुई दर्जनलाई रास्वपाका केन्द्रीय प्रवक्ता मनिष झा लगायतले रास्वपामा स्वागत गर्नुभएको हो । 

    पार्टी प्रवेश गरेपछि बोल्दै नेता गुप्ताले रास्वपामा आउँदा खुसी लागेको बताउनुभयो । उहाँले राष्ट्र निर्माणका लागि ईट्टा थप्न पवित्र कर्मले निरन्तर रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । ‘हिजो म कहाँ थिए, त्यो इतिहास भइसकेको छ । अबको दिनमा दिनरात नभनी एकताका साथ लाग्नेछौं ।’

    त्यस्तै नेतृ चौधरीले पार्टीले दिएको जिम्मेवारी निर्वाह गर्ने बताउनुभयो । उहाँले रास्वपाको नीति, विचार मन परेकोले पार्टी प्रवेश गरेको बताउनुभयो ।

    कार्यक्रममा रास्वपा रुपन्देहीका सभापति डा.बुद्धि प्रसाद शर्मा, जिल्ला सचिव विष्णु पौडेल, क्षेत्र नम्बर १ का सभापति मोहन विक्रम जि.सी. लगायतले मुलुकलाई सामाजिक, आथिक रुपान्तरणमा लैजाने अभियानमा रास्वपा अगाडि बढेको बताउनुभयो । उहाँहरुले पार्टीप्रति नागरिकको आशा–भरोशा बढेको बताउनुभयो ।