२०८२, पौष १६ गते

Dec 31 2025 | २०८२, पौष १६ गते

राजसंस्था पुनःस्थापनाको प्रयास गर्नुस् भन्दै शिर्ष दुई नेताको फोन आयो : अध्यक्ष थापा

बुधवार , पौष १६, २०८२

  • 259
    Shares
  • 259
    Shares
  • काठमाडौं, १६ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले जेन–जी आन्दोलनपछि प्रमुख राजनीतिक दलका दुई शिर्ष नेताले आफूलाई फोन गरेर राजसंस्था पुनःस्थापनको प्रयास गर्न आग्रह गरेको दाबी गरेका छन् । 

    बुधवार काठमाडौंमा आयोजित राप्रपा र राप्रपा नेपालबीच एकता घोषणा सभालाई सम्बोधन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले देश संकटमा परेको भन्दै राजसंस्थालाई पुनःस्थापना गर्न प्रयास गर्न आग्रह गर्दै ती शिर्ष नेताहरुले त्यसको लागि राजनीतिक वातावरण बनाइदिने बताएको उल्लेख गर्नुभयो । उहाँले तत्कालीन समयमा आफूसँग प्रयास गर्ने हैसियत र सम्भावना पनि नभएको कारण केही गर्न नसकेको जिकिर गर्नुभयो । उहाँले राजनीतिक दलका शीर्ष नेताहरुको नाम भने खुलाउनु भएन । 

    अध्यक्ष थापाले भन्नुभयो, ‘भदौ २४ गते राति ११ बजे अहिलेका राजनीतिक दलहरुमध्येको प्रमुख दलका दुई जना नेताले फोन गर्नुभयो । अहिले नाम भन्दिनँ कुनै बेला आवश्यक पर्यो भने भनौँला । र उहाँहरुले भन्नुभयो–कमलजी देश त सकिन लाग्यो । जसरी पनि जोगाउनुपर्यो । तपाईले केही प्रयास गर्न सक्नुहुन्छ भने गर्नुहोस् । राजालाई त ल्याउनैपर्यो, देश जोगाउँनै पर्यो ।

    राजनीतिक वातावरण हामी तयार गर्छौं । त्यसबेलामा मैले खासै प्रयास गर्ने हैसियत पनि थिएन र प्रयास गर्ने सम्भवना पनि रहेन । मैले भन्न खोजेको जेन–जी आन्दोलनजस्तै भोलि यस्ता घट्नाहरु दोहोरिदैनन् भन्ने कुराको ग्यारेन्टी कसले दिन्छ ?’ 

    उहाँले जेन–जी आन्दोलन राष्ट्रवादी शक्तिहरूबीचको एकताको उत्प्रेरक समेत बताउनु भयो ।