२०८२, पौष १६ गते

Dec 31 2025 | २०८२, पौष १६ गते

विश्वकर्मा युवा समाज सिद्धार्थनगरद्वारा न्यानो कपडा वितरण

बुधवार , पौष १६, २०८२

  • 346
    Shares
  • 346
    Shares
  • भैरहवा, १६ पुस । विश्वकर्मा युवा समाज सिद्धार्थनगर, रुपन्देहीले न्यानो कपडा वितरण कार्यक्रम गरेको छ । चिसो मौसमलाई मध्यनजर गर्दै १० जनालाई डसना, पी फोम प्रदान गरिएको समाजका अध्यक्ष अमित सेन्चुरीले बताउनुभयो ।

    उहाँका अनुसार लुम्बिनीरोड, बर्मेलीटोल, आँखा अस्पताल, देवकोटाचोक, सुगर मिल क्षेत्रमा सडकपेटीमा रातीको समयमा भेटिएका मानिसहरुलाई चिसोबाट बच्न सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त सामान वितरण गरिएको हो । आगामी दिनमा पनि यस्ता कार्यहरुलाई निरन्तरता दिदै जाने अध्यक्ष सेन्चुरीले बताउनुभयो । ‘सामाजिक कार्यहरुलाई निरन्तरता दिने हाम्रो उद्देश्य छ, ’उहाँले भन्नुभयो ।

    न्यानो कपडा वितरण कार्यक्रममा समाजका सचिव आनन्द विश्वकर्मा, कार्यक्रम संयोजक हितेन वि.क. लगायतको उपस्थिति थियो ।