
आइतवार , श्रावण ३२, २०७७
कपिलबस्तु साउन ३२ । समुदाय स्तरमा कोरोना भाईरसको संक्रमणको दर बढेपछि कपिलबस्तुकमा थप १ हप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ ।
विश्वव्यापि रुपमा फैलिएको कोरोना भाईरसका कारण कपिलबस्तुमा कोरोनाको संक्रमणको दर अत्याधिक रुपमा बढेपछि जिल्लामा निषेधाज्ञाको सयमसिमा थप गरिएको जिल्ला प्रशाशन कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय कपिलबस्तुमा आईतबार बसेको बैठकले कपिलबस्तु कोरोनाको उच्च जोखिममा रहेकोले सो को मध्यनजर गरी पुनः आज (आइतबार) राति १२ बजे देखि भदौ ७ गते राति १२ बजे सम्माका लागि थप गर्ने निर्णण गरिएको प्रमुख जिल्ला अधिकारी दृर्घ नारायण पौडेलले बताए ।
यस अघि गत साउन २७ गते देखि साउन ३२ गते सम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । प्रशाशनले अत्याबश्यक सेवा बाहेकका सबै सेवा बन्द गर्न निर्देशन दिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij