२०८२, पौष १५ गते

Dec 30 2025 | २०८२, पौष १५ गते

तमु ल्होसारमा नाचगानसहित विभिन्न कार्यक्रम

मंगलवार , पौष १५, २०८२

  • 49
    Shares
  • 49
    Shares
  • भैरहवा, १५ पुस । गुरुङ समुदायले आज तमु ल्होसार पर्व विभिन्न कार्यक्रम गरी मनाएका छन् । पुरानो वर्षलाई बिदाई गरी नयाँ वर्षलाई स्वागत गरेर गुरुङ समुदायले तमु ल्होसार पर्व मनाएका हुन् । 

    ल्होसार पर्वको अवसरमा रुपन्देहीका गुरुङ समुदायले पनि नाँचगानसहित विभिन्न कार्यक्रम गरी मनाएका छन् । कार्यक्रममा गुरुङ समुदायका मानिसहरुले परम्परागत एवं साँस्कृतिक भेषभूषामा सजिएर नाँच गान गर्नुका साथै कार्यक्रममा सहभागी भएका छन् । कार्यक्रममा आफ्नै पहिरनमा बालबालिका, युवायुवति देखि जेष्ठ नागरिकको समेत सहभागीता छ । 

    ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्य रुपमा मनाउने गरेका छन् ।

    पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको जानकारहरू बताउँछन् । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।