२०८२, श्रावण ८ गते

Jul 24 2025 | २०८२, श्रावण ८ गते

रुपन्देहीमा बिहीबार बिहान ६ बजेदेखि निषेधाज्ञा

बुधवार , बैशाख १५, २०७८

भैरहवा, १५ वैशाख ।
रुपन्देहीमा १५ दिन निषेधाज्ञा जारी भएको छ । कोरोना भाइरस संक्रमण समुदायस्तरमै फैलिएपछि मंगलबार जिल्ला प्रशासन कार्यालयमा भएको सर्वदलीय बैठकले कम्तिमा १५ दिन निषेधाज्ञा जारी गर्न जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको थियो । 

संकट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले सर्वदलीय बैठकको सुझावअनुसार वैशाख १६ गतेदेखि ३० गतेसम्म निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा बिहीबार बिहान ६ बजेदेखि वैशाख ३० गते बिहान ६ बजेसम्म लागू हुनेछ । उद्योगी व्यवसायी, स्थानीय तह, राजनीतिक दलहरु, सञ्चारकर्मीसँग चरणबद्ध रुपमा छलफल गरेपछि प्रशासनले निषेधाज्ञा जारी गर्ने निष्कर्षमा पुगेको थियो । निषेधाज्ञा कडाईका साथ लागू गरिने र उल्लघंन गर्नेलाई संक्रामक रोग ऐन २०२० को उपदफा २ बमोजिम कारवाही हुने रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए । ‘संक्रमणबाट बच्न सबै सचेत हुनुपर्छ, निषेधाज्ञा कार्यान्वयन गर्नु नागरिकको दायित्व पनि हो’, उनले भने, ‘सुरक्षाकर्मी परिचालन गरेर निषेधाज्ञा कडाइ गरिनेछ, यदि उल्लंघन भए कारबाहीको दायरामा ल्याउँछौं, दण्डित हुन्छ ।’

निषेधाज्ञा अवधिमा औषधि उपचार र अन्य अत्यावश्यक काम बाहेक घरबाहिर निस्कन पाइने छैन । अति आवश्यक सवारी साधनलाई मात्र संचालन गर्न दिइनेछ । जसमा शान्ति सुरक्षा, स्वास्थ्य, खानेपानी, दूध, विद्युत, दमकल, संचार, भन्सार, क्वारेन्टाइन फोहरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधि तथा अत्यावश्यक वस्तु तथा मालसामान ओसारपसार गर्ने ढुवानीका साधनहरु छन् । त्यसै गरी अत्याआवश्यक बाहेकका पसल व्यवसाय बन्द गरिने भएको छ ।
 
अहिले रुपन्देहीमा कोरोना संक्रमण तीव्र रुपमा बढेको छ । अहिले रुपन्देहीमा कोरोना संक्रमण तीव्र रुपमा बढेको छ । सक्रिय संक्रमित नै १ हजार ८ सय ८७ पुगेका छन् । सक्रिय संक्रमितका कारण जिल्लाका सरकारी तथा निजी अस्पतालका आईसीयू, भेन्टिलेटर, जनरल र अक्सिजनसहित एचडी वार्डहरु भरिएका छन् ।जिल्ला_प्रशासन_कार्यालय_0001-1.jpg

जिल्ला_प्रशासन_कार्यालय_0001-2.jpgजिल्ला_प्रशासन_कार्यालय_0001-3.jpg