२०८२, पौष १५ गते

Dec 30 2025 | २०८२, पौष १५ गते

ल्होसारले आपसी सद्भाव मजबुत बनाएको छ : नगरप्रमुख खाँ

मंगलवार , पौष १५, २०८२

  • 415
    Shares
  • 415
    Shares
  • भैरहवा, १५ पुस । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) तथा संविधान सभा सदस्य इश्तियाक अहमद खाँले तमु ल्होसार पर्वले नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई मजबुत बनाएको बताउनुभएको छ ।

    तमु (गुरुङ) जातिको महान पर्व तमु ल्होसारको अवसरमा शुभकामना व्यक्त गर्दै नगरप्रमुख खाँले नयाँ वर्षको रुपमा मनाइने ल्होसारले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाक्ष्जे सबैलाई प्रेरित गर्ने बताउनुभयो ।

    ‘यो पर्वले नेपालीबीच आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै आर्थिक र सामाजिक रुपले समृद्ध मुलुक निर्माणमा अग्रसर हुन सबैलाई उर्जा प्रदान गर्न सकोस् भन्दै पुनः शुभकामना व्यक्त गर्दछु, ’उहाँले भन्नुभयो ।