२०८२, फाल्गुण ९ गते

Feb 21 2026 | २०८२, फाल्गुण ९ गते

भैरहवा बहुमुखी क्याम्पसमा मानसिक स्वास्थ्य जनचेतना कार्यक्रम

मंगलवार , पौष १५, २०८२

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • भैरहवा, १५ पुस । इनरह्वील क्लब अफ लुम्बिनीको र भैरहवा बहुमुखी क्याम्पस, रुपन्देहीको सहकार्यमा मानसिक स्वास्थ्य जनचेतना कार्यक्रम सोमबार सम्पन्न सम्पन्न भएको छ । उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुका लागि कार्यक्रम आयोजना गरिएको इनरह्वील क्लब अफ लुम्बिनीको अध्यक्ष नारायणी नेपाल अधिकारीले बताउनुभयो । कार्यक्रममा १३५ जना विद्यार्थीहरूको सहभागीता रहेको उहाँले जानकारी दिनुभयो ।

    भैरहवा बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख गणेश प्रसाद पाण्डेको अध्यक्षता तथा क्याम्पसको विज्ञान संकायका प्रमुख इन्द्र बहादुर थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा प्रमुख अतिथि थापाले विद्यार्थीहरूलाई नयाँ तरिकाबाट ज्ञान दिने यस्ता उपयोगी कार्यक्रम आयोजना गरेको भन्दै इनरह्वील क्लब अफ लुम्बिनीप्रति धन्यवाद ज्ञापन गर्नुभयो।

    सहायक क्याम्पस प्रमुख गणेश प्रसाद पाण्डेले मानिसलाई कुनै मानसिक समस्या हुँदैमा विभेद गर्न नपाइने बताउनुभयो । उहाँले आगामी दिनमा क्याम्पस र क्लबबीच सहकार्य हुने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    कार्यक्रम समन्वयकर्ता तथा इनरह्वील क्लब अफ लुम्बिनीको अध्यक्ष नारायणी नेपाल अधिकारीले मानसिक रूपमा स्वास्थ रहनका लागि आफ्नो मन र मस्तिष्क सन्तुलनमा राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले सकारात्मक सोचको विकास गर्न अत्यन्त आवश्यक रहेको धारणा राख्नुभयो ।

    कार्यक्रममा मानसिक रोग विशेषज्ञ डा. श्रेया पौडेलले मानसिक स्वास्थ्य, विद्यार्थीहरूले भोग्दै आएका मानसिक समस्या, तनाव व्यवस्थापन तथा सकारात्मक सोचको महत्वबारे सहजीकरण गर्दै प्रस्तुतिकरण गर्नुभएको थियो । साथै कार्यक्रममा सहभागी विद्यार्थीहरूले उठाएका मानसिक समस्या तथा जिज्ञासासम्बन्धी प्रश्नहरूमा डा. पौडेलले सहजीकरण तथा उत्तर दिनुभएको थियो। उहाँको प्रस्तुति तथा अन्तरक्रिया अत्यन्त प्रभावकारी र व्यवहारिक रहेको सहभागीहरूले बताएका थिए ।

    कार्यक्रममा इनरह्वील क्लब अफ लुम्बिनीका पूर्वअध्यक्षहरू बिना अग्रवाल, सीता भट्टराई, उपाध्यक्ष कोपिला मरासिनी, कोषाध्यक्ष बिनिता नेपाल, सह–सचिव पवित्रा पन्थी, सह–कोषाध्यक्ष सुनीता आचार्य, सम्पादक मनु भुर्तेल लगायत क्लबका पदाधिकारीहरूको उपस्थिति थियो ।

    साथै भैरहवा बहुमुखी क्याम्पसको समाजशास्त्र विभाग प्रमुख बिमला पोख्रेल, विज्ञान  संकायका सह–प्राध्यापक प्रदीप त्रिपाठी, अंग्रेजी विषयमा प्राध्यापनरत बिजेश कार्की, स्वास्थ्य विषयमा प्राध्यापनरत राधा भट्टराई लगायतको सहभागीता थियो ।