२०८२, पौष १४ गते

Dec 29 2025 | २०८२, पौष १४ गते

रोहिणीका विद्यालयमा तीन दिन जाडो बिदा

सोमवार , पौष १४, २०८२

  • 433
    Shares
  • 433
    Shares
  • भैरहवा, १४ पुस । रुपन्देहीको रोहिणी गाउँपालिकाले पालिका अन्तर्गतका विद्यालयमा तीन दिन जाडो बिदा दिएको छ । पुस १४ देखि १६ गतेसम्म वार्षिक बिदाबाट मिलान हुने गरी सम्पूर्ण विद्यालयहरुमा जाडो बिदा दिइएको गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताउनुभयो ।

    विगत केही दिनदेखि यस क्षेत्रमा लागेको बाक्लो हुस्सुसहितको शीतलहरका कारण विद्यालयमा पठनपाठन क्रियाकलाप सञ्चालन गर्न कठिनाइ भएको र विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै बिदा दिइएको अध्यक्ष यादवले जानकारी दिनुभयो ।