२०८३, बैशाख १५ गते

Apr 28 2026 | २०८३, बैशाख १५ गते

आसाममा ६.० रेक्टर स्केलको शक्तिशाली भूकम्प, कयौं भवन भत्किए

बुधवार , बैशाख १५, २०७८

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • आसाम, १५ बैशाख।

    भारतको उत्तरपूर्वी राज्य आसाममा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्भेका अनुसार आसाम र भूटानको सीमावर्ती पहाडी भागलाई केन्द्रविन्दु बनाएर ६.० म्याग्नीच्यूड रेक्टरको भूकम्प गएको हो।

    भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बारेमा कुनै समाचार प्राप्त नभएको सरकारी अधिकारीहरुले बताएका छन्। तर भूकम्पको धक्का र परकम्प सयौं किलोमिटर टाढासम्म अनुभव गरिएको थियो।
    भूकम्पको केन्द्रबाट करिब ४५ किलोमिटर टाढाको करिब एक लाख जनसंख्या रहेको तेजपुरमा निकै नराम्रोसँग हल्लाएको थियो। मानिसहरु त्रासका कारण सडकमा भेला भएका थिए भने केही घरमा क्षति पुगेको त्यहाँको  प्रहरीले जनाएको छ। 

    आसामको राजधानी गुवाहाटी भूकम्पको केन्द्रबाट झण्डै १५० किलोमिटर टाढा भए पनि यहाँका घरहरुमा पनि क्षति पुगेको बताइएको छ। स्थानीयवासीले कम्तीमा दुई वटा ठूलै परकम्प महशुस गरिएको बताएका छन्। 

    अमेरिकी भूगर्भ सर्भेले भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट २९ किलोमिटर मुनि रहेको जनाएको छ । सर्भेका अनुसार यहाँको हिमाली क्षेत्रमा भूकम्प बारम्बार आउने गरेको छ। सन् १९५० मा आएको भूकम्पमा परेर आसाम र तिब्बतमा गरी झण्डै चार हजार ८ सय व्यक्तिको ज्यान गएको थियो।