आइतवार , पौष १३, २०८२
भैरहवा, १३ पुुस । नेपाल नेत्र ज्योति संघ, केन्द्रीय कार्यालयको आयोजनामा लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, श्री रण अम्बिका शाह आँखा अस्पताल, भैरहवामा एकदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
सन् २०२० मा सम्पन्न भएको RAAB Survey ले देखाएको तथ्यांकअनुसार देशका ७ वटा प्रदेशमध्ये लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै दृष्टिबिहिनताको व्यापकता एचभखबभिलअभ या द्यष्लिमलभकक रहेको देखिएको छ
यस प्रदेशबाट Prevalence of Blindness घटाउन आवश्यक भएकोले नेपाल नेत्रज्योति संघको पहलमा प्रदेश र स्थानीय सरकारको सहभागीतासहितको रणनीतिक योजना बनाउने उद्देश्यले एकदिने कार्यशाला गोष्ठी सञ्चालन गरिएको आयोजकले जनाएका छन् । गोष्ठीमा विषय विज्ञ सौरभ शर्मा र सुर्दशन खनालले प्रस्ततीकरण गर्नुभएको थियो ।
गोष्ठीमा नेपाल नेत्र ज्योति संघ, लुम्बिनी प्रदेश, रुपन्देही शाखा, बुटवल लायन्स आँखा अस्पताल, तौलिहवा आँखा अस्पताल र रण अम्बिका शाह आँखा अस्पतालका नेत्र विशेषज्ञ एव कर्मचारीहरुको सहभागीतो थियो ।
अस्पतालका व्यवस्थापक प्रकाश रायमाझीको स्वागत तथा सूचना अधिकारी प्रतीक पाण्डेयको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij