२०८२, पौष १३ गते

Dec 28 2025 | २०८२, पौष १३ गते

रेडक्रस सिद्धार्थ उप–शाखाद्वारा रक्तदान

आइतवार , पौष १३, २०८२

  • 310
    Shares
  • 310
    Shares
  • भैरहवा, १३ पुस । नेपाल रेडक्रस सोसाइटी सिद्धार्थ उप–शाखाको आयोजनामा शनिबार भैरहवामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । भैरहवास्थित बुद्धचोकमा आयोजित कार्यक्रममा १४ यूनिट रगत संकलन भएको कार्यक्रम संयोजक मनोज अग्रवालले जानकारी दिनुभयो ।

    रेडक्रस सिद्धार्थ उपशाखाका सभापति राजेश जि.सी.को अध्यक्षता, रुपन्देही जिल्ला शाखाका सभापति रामचन्द्र उपाध्यायको प्रमुख आतिथ्यता तथा उप–शाखाका सचिव रामप्रसाद सापकोटाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा सिद्धार्थनगर नगरपालिका –५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठ, ७ का अध्यक्ष दामोदर शर्मा घिमिरे, ८ का अध्यक्ष राजन जंग राणा, लुम्बिनी ट्रक यातायात व्यवसायी संघका अध्यक्ष रुमाखर गौतम, उप–शाखाका पूर्वअध्यक्ष सञ्जिव शर्मा रेग्मी, हिमाली सामुदायिक सेवा केन्द्रका अध्यक्ष सुरेन्द्रजंग थापा लगातयले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा उप–शाखाका कोषाध्यक्ष खगेन्द्र शर्माले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो ।

    WhatsApp Image 2025-12-27 at 6.24.29 PM.jpeg

    विभिन्न संघ–संस्थाका सामाजिक व्यक्तित्वहरू तथा रक्तदाताहरूको सक्रिय सहभागितामा सम्पन्न कार्यक्रममा लुम्बिनी ट्रक यातायात व्यवसायी संघ र लक्की ओरियन्टेशन एन्ड ट्रेनिङ सेन्टर, रुपन्देहीको आर्थिक सहयोग रहेको आयोजकले जनाएका छन् ।