२०८२, पौष १२ गते

Dec 27 2025 | २०८२, पौष १२ गते

तीनजना पत्रकार सम्मानित

शनिवार , पौष १२, २०८२

  • 445
    Shares
  • 445
    Shares
  • भैरहवा, १२ पुस । रुपन्देहीको भैरहवामा तीनजना पत्रकारलाई सम्मान गरिएको छ । शुक्रबार भैरहवामा आयोजित सिद्धार्थ सञ्जाल, रुपन्देहीको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनमा उहाँहरुलाई सम्मान गरिएको हो । सम्मानित हुने पत्रकारमा शंकर प्रसाद पाण्डे, दीपेश पछाई र रबिन्द्र प्रताप गुप्ता रहनुभएको छ ।

    सञ्जालका अध्यक्ष अनिल कुमार ज्ञवाली, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँ, नेपाल चेम्बर अफ कमर्स, लुम्बिनी प्रदेशका अध्यक्ष टंक प्रसाद पोखरेलले लगायतले तीनैजनालाई सम्मान गर्नुभएको हो ।

    सञ्जालका गतिविधिहरुलाई समाचारको माध्यमबाट सम्प्रेषण गरी संगठनलाई अगाडि बढाउन योगदान पुर्याएको भन्दै पाण्डे, पछाई र गुप्तालाई नगदसहित दोसल्ला ओढाएर सम्मान–पत्रद्वारा सम्मान गरिएको संस्थाका महासचिव मधु प्रसाद पन्थीले बताउनुभयो ।

    पत्रकार पाण्डे रुपन्देही एफएममा आबद्ध हुनुहुन्छ । पछाई भैरहवा टेलिभिजन, मेचीकाली, नयाँ पत्रिका लगायत सञ्चार माध्यममा आबद्ध हुनुहुन्छ । गुप्ता खबरपात्रो डटकम, गौतमबुद्ध सन्देश दैनिक, बुद्ध सामुदायिक टेलिभिजन, प्राइम टेलिभिजन र राष्ट्रिय समाचार समिति (रासस) मा आबद्ध हुनुहुन्छ ।