२०८२, श्रावण ८ गते

Jul 24 2025 | २०८२, श्रावण ८ गते

रुपन्देहीमा जोर–विजोर प्रणाली उल्लंघन गर्ने सवारीसाधन नियन्त्रणमा

बुधवार , बैशाख १५, २०७८

भैरहवा, १५ वैशाख ।
रुपन्देहीमा जोर–विजोर प्रणाली उल्लंघन गर्ने सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कोभिड–१९ को अवस्थालाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समिति रुपन्देहीको निर्णय अनुसार मंगलबार सवारीसाधन चेकजाँच गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले बताए । जोर बिजोर प्रणाली उल्लंघन गर्ने ३५० मोटरसाइकल, १५१ नीजि सवारीसाधन र १९१ सार्वजनिक सवारीसाधन नियन्त्रणमा लिइएको बताए ।

भैरहवाको मिलनचोक, बेथरी, बाईपास र बसन्तपुरमा भाडा तथा निजी सवारीसाधन चेकजाँच गर्दा उल्लंघन गरेका चालकहरु सम्झाई बुझाइ सवारीसाधन छाडिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।