२०८२, फाल्गुण ९ गते

Feb 21 2026 | २०८२, फाल्गुण ९ गते

भारत जाने नेपाली कराते खेलाडीलाई बिदाई

शुक्रवार , पौष ११, २०८२

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • भैरहवा, ११ पुस । यही पुस १४ र १५ गते (डिसेम्बर २९ र ३० तारिख) भारतको पुनेमा हुने १७ औं अन्तर्राष्ट्रिय खुल्ला कराते च्याम्पीयनसीप–२०८२ (प्रतियोगिता) मा सहभागी हुने नेपाली खेलाडीलाई बिदाई गरिएको छ ।

    जापान गोजुरियो कराते डा. मिसन संघका संस्थापक अध्यक्ष तथा प्रमुख प्रशिक्षक के.बि. राना (काजी) को नेतृत्वमा भारत जान लागेको टोलीलाई शुक्रबार सीमा नाका बेलहियामा बिदाई गरिएको हो । उक्त टोलीमा २२ जना खेलाडीसहित २८ जना सहभागी हुने जापान गोजुरियो कराते डा. मिसन संघ, नेपाल रुपन्देहीका अध्यक्ष उमेश थापा लाटोमगरले बताउनुभयो ।

    टोलीलाई रुपन्देहीको मायादेवी गाउँपालिकाका अध्यक्ष धु्रवनारायण चौधरी, भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेल, सिद्धार्थ सञ्जाल, रुपन्देहीका उपाध्यक्ष डा. शान्त कुमार शर्मा, सशस्त्र प्रहरी नायव उपरीक्षक (र्डीसपी) मनोज गुरुङ, प्रहरी निरीक्षक हरिराम डागी,  जापान गोजुरियो कराते डा. मिसन संघका सचिव गिरी प्रसाद पुन, सल्लाहकार बसन्त रोका क्षेत्री लगायतले खेलाडीलाई सफलताको शुभकाना दिनुभयो ।

    WhatsApp Image 2025-12-26 at 10.53.58 AM.jpeg

    संघको रुपन्देहीका अध्यक्ष उमेश थापा मगरको सञ्चालन तथा उपाध्यक्ष सतिश कुमार चौधरीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।