२०८२, पौष १० गते

Dec 25 2025 | २०८२, पौष १० गते

समुदाय विश्वास सर्वेक्षण सम्बन्धी कार्यशाला सम्पन्न

बिहिवार , पौष १०, २०८२

  • 58
    Shares
  • 58
    Shares
  • भैरहवा, १० पुस । सामुदायिक संलग्नता तथा जवाफदेहिता समुदाय विश्वास सूचांकको सर्वेक्षणको प्रतिवेदन प्रस्तुतीकरण तथा पृष्ठपोषण डिजिटाइजेसन कार्यशाला बुधबार भैरहवामा सम्पन्न भएको छ । 

    नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाको आयोजना तथा रेडक्रस केन्द्रिय कार्यालय र ब्रिटिस रेडक्रसको सहयोगमा कार्यक्रम भएको हो । कार्यशालामा सहभागीहरुलाई रेडक्रस केन्द्रीय कार्यालय मानवीय मूल्य तथा सञ्चार विभागको समन्वयमा विपुल न्यौपाने र कृष्ण नेपालले सहजीकरण गर्नुभएको थियो ।

    कार्यशालाको उद्घाटन कार्यक्रममा बोल्दै रेडक्रस रुपन्देही शाखाका सभापति रामचन्द्र उपाध्यायले समुदायमा रेडक्रसप्रति विश्वास रहेको बताउनुभयो। उहाँले रेडक्रसको सेवालाई अझ प्रविधियुक्त बनाउन यस्ता कार्यशालाले मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो । समुदाय विश्वास सूंचाकबाट आएका निष्कर्षहरु साझा गर्ने र समुदायबाट आएका सल्लाह, गुनासा र पृष्ठपोषणलाई  डिजिटलाइजेशन गर्न कोबो टुल प्रयोग गर्न सिकाउने उद्देश्यले एकदिने कार्यशाला आयोजना गरिएको उपसभापति उपाध्यायले जानकारी दिनुभयो ।

    कार्यक्रममा रेडक्रस रुपन्देहीका उपसभापति सुशील गुरुङ, जिल्ला कोषाध्यक्ष अर्जुनराज उपाध्याय, सदस्य महेन्द्र कुमार श्रेष्ठ लगायतले बोल्नुभएको थियो ।

    IMG_3457.JPG

    रेडक्रस रुपन्देहीका उपसभापति रुपमा कुमारी हिराचनको स्वागत तथा मन्त्री टेक बहादुर थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।