२०८२, पौष ९ गते

Dec 24 2025 | २०८२, पौष ९ गते

सुनचाँदी कालीगढ सघं, रुपन्देही गठन

बुधवार , पौष ९, २०८२

  • 463
    Shares
  • 463
    Shares
  • भैरहवा । नेपाल राष्ट्रिय सुनचाँदी कालीगढ सघं, रुपन्देही गठन भएको छ । भैरहवाका मोहन विश्वकर्माको संयोजकत्व तथा अध्यक्षतामा रुपन्देही शाखाको शाखा तदर्थ समिति गठन गरिएको छ । 

    सघंको उपाध्यक्षमा प्रकाश स्वर्णकार बुटवल, सचिवमा जीवन विश्वकर्मा तिलोतमा र कोषाध्यक्षमा योगेन्द्र रसाईली भैरहवा चयन हुनु भएको छ । 

    समितिको सदस्यहरुमा केशव लामिछाने, दिलबहादुर सुनार, आशिष सुनार, प्रदिप विश्वकर्मा, विशाल गहतराज, रञ्जित सुनार, सन्दीप सेन्चुरी र कञ्चन सुनचाँदी कालीगढबाट मनोनित सदस्य राखिने भएको छ । 

    रुपन्देहीमा रहेका सुनचाँदी कालीगढको हकहितको सुरक्षाको लागि आफूहरुले समिति गठन गरेको तदर्थ समितिका अध्यक्ष मोहन बिश्वकर्माले जानकारी दिनुभयो । समितिलाई एक महिना भित्रमा केन्द्रिय अध्यक्षको उपस्थिीतमा पुर्णता दिने बिश्वकर्माको भनाई छ ।