२०८२, पौष ९ गते

Dec 24 2025 | २०८२, पौष ९ गते

क्यासिनोमा अवैध जुवा खेलाउने भारतीय गिरोहका ६ जना प्रहरी हिरासतमा

बुधवार , पौष ९, २०८२

  • 355
    Shares
  • 355
    Shares
  • काठमाडौं, ९ पुस । काठमाडौंको ठमेलस्थित छाया सेन्टरमा रहेको वाल्डो क्यासिनोमा अवैध रूपमा जुवा खेलाउने भारतीय गिरोहका ६ जनालाई प्रहरीले प्रक्राउ गरेको छ । 

    जिल्ला प्रहरी परिसर काठमाडौंले बुधवार पत्रकार सम्मेलन गर्दै अवैध क्यासिनो खेलाउने कार्यमा संलग्न ६ जनालाई प्रक्राउ गरी परिसरको हिरासतमा राखिएको जानकारी दिएको हो ।

    पत्रकार सम्मेलनमा बोल्दै परिसरका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले भारतीय क्यासिनो इभेन्ट गिरोहका नाइके सुरेश महाजनसहित प्रमोद मोरिया, दिनेश वर्मा, विक्रम सिंह, चिजा खड्का र भवानी पाण्डे पक्राउ गरिएको बताउनु भयो ।

    उहाँले नेपाली नागरिकलाई समेत अवैध क्यासिनोको आवरणमा ठगी कार्यमा संलग्न थप ७ जनाको पहिचान भइसकेको जानकारी दिँदै खोजि कार्य भइरहेको समेत बताउनु भयो । उहाँकाअनुसार क्यासिनोमा छापाका क्रममा जुवा खेल्न प्रयोग हुने तास, सेन्सर जडित उपकरण, लेन्सलगायत सामग्री बरामद प्रहरीले बरामद गरेको छ ।

    अवैध जुवा खेलाउने गिरोहका मुख्य नाइके सुरेश महाजन भारतीय नागरिक रहेको समेत उहाँले बताउनुभयो । उहाँका अनुसार आचार्य ‘क्यासिनो इभेन्ट ग्रुप’ तथा ‘बीपी एण्ड महाकाय ग्रुप’का सञ्चालक समेत रहेको खुलेको छ ।

    उक्त ग्रुपले नेपाल, भारत, श्रीलंका, भियतनाम र कम्बोडियालगायत देशहरूमा क्यासिनो इभेन्टका नाममा अवैध जुवा खेलाउँदै आएको समेत जानकारी दिनुभयो ।

    बीपी एण्ड महाकाय ग्रुप अन्तर्गत क्यासिनो प्लेयर्स मंसिर २५ गते मात्र करिब ७० जना नेपाल आएका थिए भने सो ग्रुपद्वारा सञ्चालन गरिएको इभेन्टमा अन्य ग्रुपहरू समेत सामेल हुँदा जम्मा करिव २ सय जना भारतबाट नेपाल आएको खुलेको प्रहरीले जनाएको छ ।

    जुवा खेल्न आउनेहरुका लाग हवाई टिकटदेखि खाना र बसोवासको सम्पूर्ण व्यवस्था मर्जजनले नै मिलाएको देखिएको उहाँले बताउनु भयो । 

    जुवामा हुण्डीमार्फ कारोबार हुने तथ्य समेत प्रहरीले फेला पारेको छ । क्यासिनोमा अवैध जुवा खेलाएर क्यासिनो पर्यटनमा नकारात्मक प्रभाव परेको छ । उहाँले यस सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको समेत जानकारी दिनुभयो ।