२०८२, पौष ९ गते

Dec 24 2025 | २०८२, पौष ९ गते

काशीमा कक्षा ९ का विद्यार्थीहरुलाई पुरस्कार वितरण

बुधवार , पौष ९, २०८२

  • 469
    Shares
  • 469
    Shares
  • भैरहवा, ९ पुस । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१२ स्थित काशी नोबल एकेडेमीले कक्षा ९ का विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको छ । विद्यालयले सञ्चालन गरेको वार्षिक खेलकुद कार्यक्रम–२०८२ अन्तर्गत विभिन्न खेलमा विजयी हुने ६० जना विद्यार्थीहरुलाई बुधबार पुरस्कार वितरण गरिएको प्राचार्य राजेन्द्र घिमिरेले बताउनुभयो ।

    प्राचार्य घिमिरेका अनुसार कक्षा ९ मा १०३ जना विद्यार्थी अध्ययनरत छन् । यसअघि विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिसकिएको विद्यालयले जनाएको छ ।

    बुधबार आयोजित पुरस्कार वितरण समारोहमा बोल्दै प्रमुख अतिथि लुम्बिनी बौद्ध विश्वविद्यालय अनुसन्धान केन्द्रका निर्देशक प्रा.डा. गितु गिरीले काशी नोबल एकेडेमीले अतिरिक्त क्रियाकलाप सञ्चालन गर्नु सराहनीय रहेको र आफू खुसी भएको बताउनुभयो । उहाँले पढ्ने भनेको परीक्षा उत्तीर्ण गर्न मात्र नभइ जीवनका लागि भएको बताउनुभयो ।

    विद्यालयका प्राचार्य राजेन्द्र घिमिरेको अध्यक्षता तथा कोर्डिनेटर हरि प्रसाद आचार्यको सञ्चालनमा भएको कार्यक्रमको सहजीकरण मीरा सारु र सरस्वती बस्नेतले सहजीकरण गर्नुभएको थियो ।