२०८२, माघ १ गते

Jan 15 2026 | २०८२, माघ १ गते

हरि काफ्लेको नेतृत्वमा तिलोत्तमा नगरस्तरीय टोल विकास संजाल गठन

बुधवार , पौष ९, २०८२

  • 922
    Shares
  • 922
    Shares
  • तिलोत्तमा, ९ पुस । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नगरस्तरीय टोल विकास संस्था सञ्जाल गठन भएको छ । हाल नगरपालिकाका १७ वटा वडाका २ सय २ टोल विकास संस्था रहेको संजालले सबै वडाको प्रतिनिधिबाट सर्वसम्मत हरि प्रसाद काफ्लेलाई अध्यक्ष (संयोजक) तोकेको हो ।

    संजालको उपाध्यक्ष तथा सह–संयोजकमा बालकृष्ण बस्याल रहनुभएको छ । सचिवमा महिला रहने गरी मनोनित गरिनेछ । 
    त्यस्तै संजालको कोषाध्यक्षमा होम बहादुर छन्तेल, सदस्यहरुमा टोपलाल भण्डारी, सुरज गौतम, राजु पौडेल, हरि प्रसाद पाण्डेय, छविलाल भण्डारी, तारा बहादुर गुरुङ्ग, गोपाल प्रसाद भण्डारी, कृष्ण प्रसाद डुम्रे, राजेश यादव, कृष्णबहादुर विश्वकर्मा, चक प्रसाद पुन, बाबुलाल बन्जाडे र बुद्धिबल न्यौपाने रहनुभएको छ । 

    त्यसै गरी सदस्य सचिवमा सामाजिक विकास शाखाको वरिष्ठ सामाजिक परिचालक अल्पा घिमिरे रहुनभएको छ । मितिले २ वर्ष ६ महिना आफ्नो कार्यकाल सञ्चालन गर्नेछ । 

    WhatsApp Image 2025-12-23 at 9.05.10 PM.jpeg

    सो अवसरमा नगरप्रमुख रामकृष्ण खाण, उपप्रमुख जगेश्वर देवी चौधरी, निवर्तमान संयोजक हेमराज पौडेलले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिंदै आगामी कार्यकालमा जनमुखी कार्य गर्न सुझाव  दिनुभयो । नयाँ कार्यसमितिलाई टीका खादा लगाएर स्वागत गरिएको थियो ।