२०८२, पौष ९ गते

Dec 24 2025 | २०८२, पौष ९ गते

क्याननमा ‘डिजाईन च्यालेन्ज वर्कसप’

बुधवार , पौष ९, २०८२

  • 343
    Shares
  • 343
    Shares
  • बुटवल, ९ पुस । रुपन्देहीको बुटवलस्थित क्यानन माध्यमिक विद्यालयले पहिलोपटक ‘डिजाईन च्यालेन्ज वर्कसप एण्ड आईडिया पिचिङ’ प्रतियोगिता गरेको छ । 

    विद्यार्थीहरुले सृजनशिल र व्यवस्थित सोच्ने, सामूहिक रुपमा काम गर्ने र आफ्ना आईडियाहरुमा मानिसहरुलाई प्रभावित गर्ने सीप र क्षमताको विकास गर्ने उद्देश्यले बुटवल क्षेत्रमै पहिलोपटक प्रतियोगिता गरिएको विद्यालयले जनाएको छ । 

    पुस ६ गतेदेखि सुरु भएको प्रतियोगिता अन्तर्गत पहिलो दिन माईन्डसेट निर्माण, दोस्रो दिन सीप अभिवृद्धि र तेस्रो दिन अर्थात मंगलबार अवधारणा (आईडिया) को प्रस्तुतीकरण गरिएको थियो । 

    मंगलबार भएको अवधारणाप्रस्तुतीसँगै उत्कृष्टहरुलाई पुरस्कृत गरिएको छ । प्रतियोगितामा एभरेष्ट बोर्डिङ स्कूलले ‘द बेस्ट डिजाईन थिंकर’ र न्यू होराईजन मावि बुटवलले ‘द मोस्ट प्रोमिसिङ आईडिया अवार्ड’ प्राप्त गरे । अवार्ड प्राप्त दुवै विद्यालयलाई प्रमुख अतिथि बुटवल उपमहानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष यज्ञप्रसाद पंगेनी र विद्यालयका प्राचार्य शंकर भण्डारीले नगद र प्रमाणपत्रले पुरस्कृत गर्नुभयो । प्रतियोगितामा निर्णायकका रुपमा युवा उद्यमीकातर्फबाट मोहन ठाकुर, इञ्जिनियर प्रमिना घिमिरे र सामाजिक अभियन्ता विक्रम क्षेत्री रहनुभएको थियो ।

    वडाअध्यक्ष पंगेनीले क्याननले बुटवल क्षेत्रमा फरक, व्यवहारिक र समयअनुकुलको कार्यक्रम गरेको बताउनुभयो । उहाँले यस्ता कार्यक्रमले विद्यार्थीको सिर्जनशीलतासँगै स्थानीय तहहरुलाई समेत नयाँ योजना बनाउने बारेमा सुझाव प्राप्त हुने बताउनुभयो ।  
    विद्यालयका प्राचार्य भण्डारीले बुटवलमा पहिलोपटक विद्यार्थीहरुलाई व्यवस्थित रुपमा सोच्न, आफ्ना आइडिया बताउन र अनुसन्धान गर्न प्रेरित गर्ने गरी डिजाईन च्यालेन्ज वर्कसप गरिएको बताउनुभयो । उहाँका अनुसार यो कार्यक्रमले विद्यार्थीहरुको परम्परागत सोचमा समेत परिवर्तन ल्याउन मद्दत गर्नेछ । उहाँले कक्षाकोठालाई समेत अब सृजनशिल र अनुसन्धानमुलक बनाउन यस्ता कार्यक्रमले टेवा दिने विश्वास व्यक्त गर्नुभयो ।

    कार्यक्रममा युटिभा नेपालका सह–संस्थापक तथा प्रशिक्षक अजय यादवले तीन दिनसम्म वर्कसप र आईडिया पिचिङका लागि सहजीकरण गर्नुभएको थियो । 

    कार्यक्रममा दीप बोर्डिङ हाई स्कूलका प्राचार्य टिकाराम न्यौपाने, स्कलर्स होम बोर्डिङ स्कूलका प्राचार्य बाबुराम बन्जाडेले क्याननको यो कार्यक्रम नयाँ र निकै उपयोगी भएको भन्दै सबैको साथ आवश्यक रहने बताउनुभयो । 

    कार्यक्रममा अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, एभरेष्ट इंगलिश बोर्डिङ स्कूलका प्राचार्य कृष्ण प्रसाद न्यौपाने, क्यानन माविका सह–प्राचार्य विष्णु प्रसाद न्यौपाने लगायतको उपस्थिति थियो ।

    बुटवल उपमहानगरपालिका–८ सुख्खानगर स्थित क्याननले पहिलोपटक मोडेलका रुपमा यो प्रतियोगितालाई सञ्चालन गरेको हो। यसका अतिरिक्त विद्यार्थीहरुको सिकाईलाको दायरा फराकिलो बनाउन विभिन्न अतिरिक्त क्रियाकलापका साथै रचनात्मक कार्यक्रमहरु गर्दै आइरहेको छ ।