२०८२, फाल्गुण ९ गते

Feb 21 2026 | २०८२, फाल्गुण ९ गते

कालिका मानवज्ञान माविले मनायो ६५ औं वार्षिकोत्सव

मंगलवार , पौष ८, २०८२

  • 727
    Shares
  • 727
    Shares
  • बुटवल, ८ पुस । रुपन्देहीको बुटवलस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयले ६५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । सोमबार विद्यालयमा एक विशेष समारोहको आयोजना गरी वार्षिकोत्सव मनाइएको हो ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीको अध्यक्षता तथा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयको प्रमुख आतिथ्यतामा मूल समारोह आयोजना गरिएको थियो । 

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेयले शैक्षिक क्षेत्रमा कालिका मानवज्ञान माविको भूमिका सबैभन्दा महत्वपूर्ण भएको बताउनुभयो । उहाँले शैक्षिक, भौतिक, व्यवस्थापकीय रुपमा देशकै अब्बल सामूदायिक विद्यालयको रुपमा पहिचान स्थापना गर्न सकेकोमा बधाई ज्ञापन गर्नुभयो । 

    नगरप्रमुख पाण्डेयले बुटवलको शिक्षालाई महत्व दिएर बाहिरी जिल्लाबाट आएका विद्यार्थीहरुको विद्यार्थीहरुलाई सम्मान गर्नुपर्ने बताउनुभयो । बुटवललाई आर्थिक, शैक्षिक र आशालाग्दो शहरको रुपमा विकास गर्नको लागि सबैले जोड दिनुपर्ने उहाँले बताउनुभयो ।

    बुटवलप्रति विश्वास गर्ने जोकोहीलाई बुटवलले सम्मान गर्दै जाने परिपाटीको विकास गरिएको उहाँले बताउनुभयो । उहाँले विद्यार्थी, अभिभावक, शिक्षकहरुको सबैको आत्मीयताको कारण पनि कालिका मानवज्ञानले उदाहरण पेश गरेको बताउनुभयो । विगतको कठिन परिस्थितिलाई पार गर्दै कालिकाले देशमा अब्बल नतिजा ल्याउनमा ठोस योगदान दिएको उहाँले बताउनुभयो ।

    कार्यक्रममा बुटवल उपमहानगरपालिका–१० का अध्यक्ष बल बहादुर पुनले कालिका मानवज्ञान मावि देशकै अब्बल विद्यालयको रुपमा पहिचान स्थापना गर्न सफल भएकोका बधाई दिनुभयो । उहाँले विद्यालयको भवन निर्माण, खेलमैदान विस्तार लगायतका अन्य भौतिक पुर्वाधार निर्माणको लागि स्थानीयस्तरबाट सहयोग प्रदान गर्दै जाने बताउनुभयो । उहाँले साविक मानवज्ञान विद्यालयको भौतिक पूर्वाधार विकासको लागि पालिकाले सहयोग प्रदान गर्दै आएको र आगामी दिन पनि सहयोग गर्दैै जाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    विद्यालयका प्रधानाध्यापक दिनेश थापा विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै समयानकुल प्राविधिक शिक्षामा विद्यालयले विशेष जोड दिएको बताउनुभयो । उहाँले शिक्षकहरुको कार्यमूलक अनुसन्धानसहित हरेक कक्षामा इञ्चार्ज तोकेर सोहीअनुसार कार्य गर्दै आएको बताउनुभयो । बालमैत्री र व्यवहारिक विधि, हरेक दिन एक सिकाई मा बाल मनोविज्ञानको आधारमा शिक्षण सिकाइमा जोड दिइएको उहाँले बताउनुभयो ।

    कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड लुम्बिनी प्रदेश कार्यालय प्रमुख रमाकान्त तिवारी, बुटवल कालिका क्याम्पसका क्याम्पस प्रमुख तथा विद्यालयका पूर्व प्रधानाध्यापक घनश्याम पाठक, अभिभावक संघ नेपाल केन्द्रीय महासचिव तथा रुपन्देही जिल्ला अध्यक्ष लोकनाथ ज्ञवाली, नयाँगाउँ माविका प्रधानाध्यापक पुरुषोत्तम भट्टराई, अग्रज लेखक मदनलाल पौडेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    मूल समोराहमा विद्यालयले प्रदान गर्दै आएको विभिन्न छात्रवृत्तिबाट विद्यार्थीलाई सम्मान गरिएको थियो । ५० हजार नगद पुरस्कारसहित कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउने रिजन पछाईसहित कक्षा १० को परीक्षामा उत्कृष्ट ४ जीपीए ल्याउने विद्यार्थीलाई नगदसहित सम्मान गरिएको थियो ।