२०८२, फाल्गुण ९ गते

Feb 21 2026 | २०८२, फाल्गुण ९ गते

कालिकामा विद्यार्थीहरुलाई ११ लाख बढीको छात्रवृत्ति वितरण

मंगलवार , पौष ८, २०८२

  • 859
    Shares
  • 859
    Shares
  • बुटवल, ८ पुस ।  रुपन्देहीको बुटवलस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयले ६५ आंै वार्षिकोत्सवको अवसरमा ११ लाख रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरेको छ ।  विद्यालयमा स्थापना भएका ६५ वटा अक्षयकोष र आन्तरिक स्रोतबाट ११ लाख रुपैयाँ भन्दा बढी छात्रवृत्तिको रुपमा विद्यार्थीलाई प्रदान गरेको छ ।  

    आइतबार सेक्टर १ रामनगरमा छात्रवृत्ति, पुरस्कार वितरण तथा सम्मान कार्यक्रमको आयोजना गरी ६५ शिर्षकका अक्षयकोषबाट १ सय १९ जना विद्यार्थी र नेपाल सरकारका विभिन्न निःशुल्क छात्रवृत्तिमा नाम निकालेका ८४ जना विद्यार्थीलाई पनि जनही २ हजारका दरले सम्मान तथा पुरस्कृत गरिएको छ । 

    विद्यालयमा आयोजित कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख विष्णु पन्थी, विद्यालयका प्रमुख शैक्षिक सल्लाहकार तथा पूर्व प्रधानाध्यापक एवं बुटवल कालिका क्याम्पसका क्याम्पस प्रमुख घनश्याम पाठक, विद्यालयका व्यवस्थापन समितिका पूर्वअध्यक्ष तथा सल्लाहकार होम गलामी, विद्यालयका प्रधानाध्यापक  दिनेश थापासहित अक्षयकोष दाता, अन्य अतिथिहरुले सम्मान गर्नुभएको हो ।

    छात्रवृत्ति वितरण समितिका संयोजक शिक्षक शेरचन्द्र गिरीका अनुसार आइतबार ९ लाख रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गरिएको हो । 

    उत्कृष्ट नतिजा ल्याउनेसहित गरीब तथा जेहेन्दार विद्यार्थी, उत्कृष्ठ शिक्षक, पत्रकारसहितलाई सम्मान गरिएको संयोजक गिरीले जानकारी दिनुभयो । कार्यक्रममा बुटवल अनलाईनका ईन्द्र खत्रीलाई नगदसहित पुरस्कृत गरिएको हो । 

    WhatsApp Image 2025-12-21 at 7.11.38 PM.jpeg

    त्यस्तै रामबहादुर मिन कुमारी २० लाख रुपैयाँको अक्षयकोषबाट कक्षा १० को परीक्षामा उत्कृष्ट नतिजा ल्याउने र कक्षा १२ को परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने एक/एक जना विद्यार्थीलाई सोमबार  ५०/५० हजार नगदसहित सम्मान गरिएको छ । सोमबार करिब १ लाख ४० हजार रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरिएको छ ।