२०८३, जेठ ९ गते

May 23 2026 | २०८३, जेठ ९ गते

हिसान जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता सुरु

सोमवार , पौष ७, २०८२

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • बुटवल, ७ पुस । प्रथम हिसान जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता सुरु भएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) रुपन्देहीको आयोजनामा तिलोत्तमा ८ स्थित कुवँरवर्ती स्कुलको प्रागँणमा सोमबारदेखि छात्रछात्रा दुवै विधातर्फका खेलहरु सुरु गरिएको खेल संयोजक तथा हिसान रुपन्देहीका कावा सचिव लक्ष्मण अर्यालले जानकारी दिनुभयो । 

    वेष्ट अफ थ्रीको नियमानुसार खेलाइएको प्रतियोगितामा छात्रतर्फ १७ वटा टीम र छात्रातर्फ १२ वटा टोलीले प्रतिष्पर्धामा भाग लिएको अर्यालले बताउनुभयो । सोमबार पहिलो दिन पहिलो चरणका खेलहरु सम्पन्न भएका छन । जसमा छात्रतर्फ ६ खेल सम्पन्न भएकोमा बुद्ध पब्लिक, इडन बोर्डिङ होराइजन जीबीएस, अक्सफोर्ड मावि, सेन्ट जोसेफ, एभरेष्ट बोर्डिङ विजयी भइ दोस्रो चरणमा प्रवेश गरेका छन् । 

    त्यस्तै छात्रातर्फ ६ खेल सम्पन्न भएकोमा सिद्धार्थ बोर्डिङ, होराइजन जीवीएस, कुवँरवर्ती स्कूल, काशी नोबेल लगायत विजयी भएका छन । यसअघि सोेमबार आयोजित उद्घाटन सत्रमा हिसान रुपन्देहीका अध्यक्ष कृष्ण न्यौपानेले शैक्षिकसँगसँगै बौद्धिक तथा खेलकुद लगायत अतिरिक्त क्रियाकलापमा समेत विद्यार्थीलाई अब्बल बनाउने गरी कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । 

    कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय परीक्षा प्रदेश प्रमुख रमाकान्त तिवारी, विशिष्ट अतिथि हिसान केन्द्रिय निर्देशक प्रोफेसर आरसी आचार्य, प्याब्सन रूपन्देहीका अध्यक्ष दीपक खनाल, अभिभावक संघ रूपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, हिसानका प्रमुख सल्लाहकार दिनेश भुसाललगायतको सहभागीता थियो । 

    हिसान रुपन्देहीका वरिष्ठ जिल्ला उपाध्यक्ष मधुप्रकाश ज्ञवालीको स्वागत तथा खेल संयोजक एवं हिसान कार्यबाहक सचिव लक्ष्मण अर्यालको सञ्चालनमा उद्घाटन सत्र सम्पन्न भएको थियो ।