२०८२, माघ १ गते

Jan 15 2026 | २०८२, माघ १ गते

रोटरी डाउनटाउनद्वारा विद्यार्थीहरुलाई पोशाक तथा शैक्षिक सामग्री वितरण

सोमवार , पौष ७, २०८२

  • 778
    Shares
  • 778
    Shares
  • बुटवल, ६ पुस । रोटरी क्लब अफ बुटवल डाउनटाउनले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयका विद्यार्थीहरूलाई विद्यालय पोशाक, झोला तथा शैक्षिक सामग्री वितरण गरेको छ । 

    क्लबको वार्षिक कार्ययोजना अनुसार यो वर्ष रोल्पाको गंगादेव गाउँपालिका ओइलामको श्री सिद्धार्थ आधारभूत विद्यालयमा अध्ययरत २१० विद्यार्थीहरुलाई शैक्षिक सामग्री, ब्याग र पोशाक वितरण गरिएको हो । शैक्षिक पहुँच र निरन्तरतामा सहयोग पुर्याउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको हो । 

    एक कार्यक्रमकाबीच गंगादेवी गाउँपालिकाका कार्यबाहक अध्यक्ष हरि बहादुर पुन, स्थानीय जनप्रतिनिधि अम्बर बहादुर खत्री, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामलाल ओलीमार्फत डिष्ट्रिक कमिटी चेयर राजेन्द्र ढकाल, क्लबका पूर्वअध्यक्ष भिमराज श्रेष्ठ, क्लबका अध्यक्ष बाबुराम बन्जाडे, टीआरएफ चियर शंकर ज्ञवाली, विद्यार्थीहरुलाई सहयोग हस्तान्तरण गरिएको छ । 

    क्लबका अध्यक्ष बाबुराम बन्जाडेले शिक्षा नै समाज रूपान्तरणको आधार भएको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । करीब ३ लाख ५० हजार रुपैयाँ बराबरको सहयोग गरिएको उहाँले बताउनुभयो ।