२०८२, पौष ७ गते

Dec 22 2025 | २०८२, पौष ७ गते

निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौति : रास्वपा

सोमवार , पौष ७, २०८२

  • 244
    Shares
  • 244
    Shares
  • काठमाडौं,७ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शिशिर खनालले आगामी निर्वाचनमा शान्ति सुरक्षाको विषय नै सबैभन्दा प्रमुख रहेको बताउनुभएको छ । 

    सरकारले आह्वान गरेको सर्वपक्षीय बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । निर्वाचनमा शान्ति सुरक्षा, प्रचार प्रसारको विषय प्रमुख रहेको बताउनु भयो ।

    भयरहित वातावरणमा सहभागिता, नेताहरुको, पार्टीहरुको, उम्मेदवारहरुको सुरक्षाको ग्यारेन्टीको जिम्मेवारी सरकारको भएको बताउनु भयो । उहाँले अन्तरजिल्ला मतदान व्यवहारिक रुपमा सम्भव रहेको बताइएको र राजनीतिक दलहरुको प्रतिवद्धता मात्रै चाहिएको भए रास्वपा तयार रहेको बताउनु भयो । 

    उहाँले भन्नुभयो, ‘अन्तरजिल्ला मतदान व्यवहारिक रुपमा सम्भव छ भनेर निर्वाचन आयोगले जेनजी प्रतिनिधिलाई भन्नुभएको छ । यसमा राजनीतिक प्रतिवद्धत चाहियो भन्नेकुरा भनिएको छ । राजनीतिक प्रतिवद्धताका कारणले मात्रै असम्भव हो भने राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट हामी तयार छौँ । चुनावमा शान्ति सुरक्षाको विषय नै हो ।

    प्रचार प्रसारको विषय नै हो । भयरहित वातावरणमा सहभागिता, नेताहरुको, पार्टीहरुको, उम्मेदवारहरुको सुरक्षाको ग्यारेन्टीको जिम्मेवारी सरकारको हो ।’

    उहाँले सरकारले ल्याएको अध्यादेशमा रास्वपाको समर्थन रहेको बताउनु भयो ।