२०८२, श्रावण ९ गते

Jul 25 2025 | २०८२, श्रावण ९ गते

रुपन्देहीमा १६ देखि ३० सम्म निषेधाज्ञा लगाउने तयारी

मंगलवार , बैशाख १४, २०७८

भैरहवा, १४ वैशाख ।
रुपन्देहीमा सक्रिय कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्लामा निषेधाज्ञाको तयारी गरेको छ ।जिल्ला प्रशासन कार्यालयमा उद्योगी व्यवसायी संघ–संस्थाका प्रतिनिधि तथा सरोकारवालासंग छलफल भइरहेको छ । 

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले खबरपात्रोसंग भने, निषेधाज्ञा यही वैशाख १६ गते वैशाख ३० सम्म हुने गरि छलफल भइरहेको छ ।

पहाडी, हिमाली जिल्लामा सक्रिय संक्रमित २ सय र काठमाडौं उपत्यका र तराईमा सक्रिय संक्रमित संख्या ५ सय पुगेपछि सम्बन्धित जिल्लाका स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्न सक्ने गरी संघ सरकारले अधिकार दिएको छ।