२०८२, चैत्र २४ गते

Apr 07 2026 | २०८२, चैत्र २४ गते

लुम्बिनीमा ‘प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी’ हुँदै

शनिवार , पौष ५, २०८२

  • 976
    Shares
  • 976
    Shares
  • लुम्बिनी, ५ पुस । लुम्बिनी बौद्ध विश्वविद्यालयमा ‘२०२५ प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी’ पुस ६ गते हुने भएको छ । प्रदर्शनीका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको कार्यक्रम संयोजक डा. सागर न्यौपानेले जानकारी दिनुभयो ।

    ‘सभ्यताबीच आपसी सिकाइ, प्रविधिगत नवप्रवर्तन’ भन्ने मूल नारासहित आयोजना गरिएको यस प्रदर्शनीमा चिनियाँ फिल्मको विशेष प्रदर्शन, एनिमेटेड फिल्म शो, हस्तकला कार्यशाला, साँस्कृतिक तथा सिर्जनात्मक प्रदर्शनी तथा सिनेम्याटिक संवादजस्ता विविध कार्यक्रम समावेश रहनेछन् । 

    प्रदर्शनीमा परम्परागत चिनियाँ संस्कृतिलाई आधुनिक प्रविधिसँग संयोजन गरी तयार गरिएका श्रव्यदृश्य सामग्रीले विशेष आकर्षण सिर्जना गर्ने जनाइएको छ । कार्यक्रमको सुरुवात एआई प्रविधिबाट निर्माण गरिएको प्रवद्र्धनात्मक छोटो चलचित्रबाट गरिनेछ भने त्यसपछि एआईजीसी प्रविधिको पूर्ण प्रक्रियाबाट तयार गरिएको एनिमेटेड फिल्म द स्पिरिट अफ द माउन्टेन्स प्रदर्शन गरिनेछ । चिनियाँ अमूर्त साँस्कृतिक सम्पदा ‘छ्वानसिङ तुओ’ प्रविधिबाट प्रेरित यस फिल्मले परम्परा र कृत्रिम बुद्धिमत्ताबीचको नवीन संयोजन प्रस्तुत गरेको निर्माताहरुले जनाएका छन् ।

    दिउँसोको सत्रमा प्रदर्शन एनिमेटेड फिल्म द लिजेन्ड अफ हेइ २ ले प्रर्दशन गरिनेछ । मानव र प्रकृतिका प्रतीकात्मक पात्रबीचको सहअस्तित्वको कथा बोकेको यस फिल्मले पारिस्थितिक सन्देशमार्फत दर्शकलाई गहिरो रूपमा प्रभावित बनाउने अपेक्षा गरिएको छ ।

    यही प्रदर्शनी लुम्बिनी बौद्ध विश्वविद्यालयमा आयोजना हुन लागेको जनाउँदै संयोजक डा. न्यौपानेले यस कार्यक्रमले विद्यार्थीलाई अन्तर्राष्ट्रियस्तरको एनिमेसन, फिल्म प्रविधि र साँस्कृतिक संवादको अनुभव दिलाउने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै डिजिटल सिर्जनाको क्षेत्रमा चीन–नेपाल द्विपक्षीय सहकार्यका नयाँ सम्भावनाबारे छलफल र अनुभव आदानप्रदान हुने अपेक्षा गरिएको छ ।