२०८२, पौष ५ गते

Dec 20 2025 | २०८२, पौष ५ गते

मदिरा व्यवसायी संघ भैरहवामा नयाँ नेतृत्व, अध्यक्षमा पोख्रेल

शनिवार , पौष ५, २०८२

  • 313
    Shares
  • 313
    Shares
  • भैरहवा, ५ पुस । मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देहीको पाँचौं साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । शुक्रबार भैरहवामा सम्पन्न साधारण सभा तथा अधिवेशनले यादव पोख्रेलको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । पोख्रेलले यसअघि संघको महासचिवको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

    Yadav Pokhrel.JPG
    यादव पोख्रेल

    निर्वाचन अधिकृत खिम बहादुर खत्रीका अनुसार संघको वरिष्ठ उपाध्यक्षमा भागीरथ पाण्डे, उपाध्यक्षमा तेज बहादुर खत्री, महासचिवमा सुन्दर भण्डारी, सचिवमा बालकृष्ण आचार्य, कोषाध्यक्षमा बिनोद आचार्य र सह–कोषाध्यक्षमा प्रकाश पाण्डे निर्वाचित हुनुभएको छ ।

    त्यस्तै सदस्यहरुमा पिताम्बर खनाल, रमेश धवल, उमानाथ पोखरेल, गंगाराम पराजुली, सुनिल यादव, चिरिञ्जवी भट्टराई, श्याम गिरी, दिपेन्द्र यादव र हेमराज पौडेल निर्वाचित हुनुभएको खत्रीले जानकारी दिनुभयो । 

    संघको पाँचौं साधारण सभा तथा तेस्रो अधिवेशनको आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलले उद्घाटन गर्नुभएको थियो । मदिरा व्यवसायी संघ भैरहवाका अध्यक्ष बाबुराम पाण्डेको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष भागीरथ पाण्डेको स्वागत, संस्थापक अध्यक्ष केशवराज ज्ञवालीको धन्यवाद ज्ञापन तथा महासचिव यादव पोख्रेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।