२०८२, पौष ४ गते

Dec 19 2025 | २०८२, पौष ४ गते

भरतपुर झरेर भैरहवा जादै रवि

शुक्रवार , पौष ४, २०८२

  • 268
    Shares
  • 268
    Shares
  • भैरहवा, ४ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वता) का सभापति रवि लामिछाने रुपन्देही जान चितवनस्थित भरतपुर विमानस्थल तर्फ जानु भएको छ । थुनामुक्तका हुनका लागि जिल्ला अदालतका रुपन्देहीमा कानुनी प्रक्रिया पुरा गर्न रुपन्देही जान लाग्नु भएको हो । 

    सभापति लामिछाने रुपन्देही जानका लागि बुद्ध एयर मार्फत चितवनस्थित भरतपुर विमानस्थलतर्फ लाग्नु भएको छ ।  
    काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध यएर मार्फत भरतपुर तर्फ उडेको रास्वपा रुपन्देहीका सभापति डा. बुद्धिप्रसाद शर्माले जानकारी दिनुभयो । 

    भैरहवा जानका लागि बिहान ७ः५५ बजेदेखि कुरिरहे पनि भैरहवाको मौसम नखुलेपछि अर्को विकल्पको रुपमा भरतपुर झरेर स्थलमार्ग हुदैं रुपन्देही जान लाग्नु भएको हो । 

    लामिछानेसँगै उहाँकी श्रीमती निकिता पौडेल, रास्वपाका केही नेताहरू पनि उहाँसँगै जाँदैहुनुहुन्छ । लामिछानेलाई नेपाल प्रहरीको रोहबरमा भैरहवा लगिँदैछ । 

    बिहीबार उच्च अदालत बुटवलका न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएपछि आवश्यक कागजी प्रक्रिया पूरा गर्न उहाँ आज रुपन्देही जादै हुनुहुन्छ । 

    उहाँलाई अदालतले शर्तसहित थुनामुक्त गर्न आदेश गरेको छ । उच्च अदालत बुटवलको आदेश जिल्ला अदालत रुपन्देहीमा पुग्नुपर्छ ।

    बुटवलको सुप्रिम वचत तथा ऋण सहकारी सस्था लिमिटेडको ठगी र संगठित अपराध मुद्दाको आरोपमा लामिछाने पुर्पक्षका लागि थुनामा रहनु भएको थियो ।