२०८३, जेठ ९ गते

May 23 2026 | २०८३, जेठ ९ गते

‘मदिराको हानिकारक प्रयोग : विकास र अधिकारको एक मुद्दा’ विषयक अन्तरसम्वाद

शुक्रवार , पौष ४, २०८२

  • 742
    Shares
  • 742
    Shares
  • भैरहवा, ४ पुस । ‘मदिराको हानिकारक प्रयोग : विकास र अधिकारको एक मुद्दा’ सरोकारवालाबीच अन्तरसम्वाद कार्यक्रम बिहीबार भैरहवामा सम्पन्न भएको छ । 

    सिविन नेपालको आयोजनमा भएको कार्यक्रममा मदिराले पार्ने असरका बारेमा जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको प्रमुख (प्रहरी निरीक्षक) प्रतिमा कार्कीले प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले मदिराको प्रयोगले महिला तथा बालबालिकामा पारेको नकारात्मक प्रभावका बारेमा जानकारी गराउनुभएको थियो । 

    कार्यक्रममा सिविन नेपालका कार्यक्रम निर्देशक ध्रुव गौतमले मदिराको हानिकारक प्रयोगमा विद्यमान कानून, नीति तथा नजिरहरुका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले नेपालमा मदिरा प्रयोगको अवस्थाका बारेमा पनि जानकारी दिनुभएको थियो । कार्यक्रममा मदिरा बिक्री, प्रयोग, विज्ञापन आदि नियमनका लागि कसरी अगाडी बढ्ने विषयमा छलफल भएको थियो । 

    कार्यक्रममा ओमसतिया गाउँपालिका, सिद्धार्थनगर र तिलोत्तमा नगरपालिकाका विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि, सरोकारवाला, सुरक्षाकर्मी, सञ्चारकर्मी, शैक्षिक संस्थाका प्रतिनिधि, लगायत करिब ३ दर्जन व्यक्तिहरुको सहभागीता थियो । 

    WhatsApp Image 2025-12-18 at 5.24.36 PM.jpeg

    कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईले मदिराको ऐतिहासिक पृष्ठभूमिको उदाहरण दिदै आफ्नो भनाइ राख्नुभएको थियो । सोही अवसरमा इन्सेक प्रतिनिधि रीमा बिसी, माइती नेपाल भैरहवाका प्रमुख माया क्षेत्री, सिद्धार्थनगर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवाली, ओमसतिया गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थी, सिविन भैरहवाका प्रबन्धक विष्णुमाया पौडेल, भगवती श्रेष्ठ, फुलमाया पासवान लगायतले बोल्नुभएको थियो ।  
    ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने नारासहित बालबालिको क्षेत्रमा काम गर्ने संस्था सिविनले बालबालिका राष्ट्रिय गौरव हुन भन्ने अवधारणा अगाडि सारेको छ ।