२०८२, पौष ३ गते

Dec 18 2025 | २०८२, पौष ३ गते

महालक्ष्मी विकास बैंकद्वारा भानु माविलाई सहयोग

बिहिवार , पौष ३, २०८२

  • 817
    Shares
  • 817
    Shares
  • भैरहवा, ३ पुस । महालक्ष्मी विकास बैंक लिमिटेड भैरहवा शाखाले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–९ स्थित श्री भानु माध्यमिक विद्यालयलाई सहयोग गरेको छ । 

    संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई ५० हजार रुपैयाँ प्रदान गरिएको बैंकको भैरहवा शाखा प्रबन्धक रोशन शर्माले बताउनुभयो । शर्माका अनुसार विद्यालयको भवन मर्मतसम्हार र खेलकुद मैदान मर्मतका लागि केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको हो ।

    बिहीबार बैंकको लुम्बिनी प्रदेश प्रमुख गौतम गुप्ताले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फैज अहमद खान र विद्यालयका प्रधानाध्यापकलाई चेक हस्तान्तरण गर्नुभएको हो ।

    कार्यक्रममा बैंकको ठुटीपीपल शाखाका प्रबन्धक निशा श्रेष्ठ, बेथरी शाखा प्रबन्धक भीम प्रसाद उपाध्याय लगायतको उपस्थिति थियो।