२०८२, पौष ३ गते

Dec 18 2025 | २०८२, पौष ३ गते

मानसिक स्वास्थ्य अभिमुखीकरण

बिहिवार , पौष ३, २०८२

  • 502
    Shares
  • 502
    Shares
  • भैरहवा, ३ पुस । मानव अधिकारमा आधारित मानसिक स्वास्थ्य अभिमुखीकरण बुधबार भैरहवामा सम्पन्न भएको छ । बालजन्य यौन हिंसामा परेका बालबालिकाहरु आघातमा परेकाको कसरी समस्या पहिचान गर्न सकिन्छ भन्ने कुरामा अभिमुखीकरण गरिएको हो ।

    के कारणले आघातमा परेको हो भन्ने बुझेर समस्याको निराकरण गर्न प्रयासहरुको खोजी कसरी गर्ने विषयमा समूहगत छलफल पनि भएको थियो ।

    कार्यक्रममा स्वास्थ्य स्वंयमसेविका, आमा समूह, शिक्षक लगायतलाई अभिमुखीकरण गरिएको थियो । सिविन नेपालको आयोजनामा भएको कार्यक्रममा ओमसतिया गाउँपालिका, सिद्धार्थनगर र तिलोत्तमा नगरपालिकाका ३० जनाको सहभागीता थियो ।

    सहभागीहरुलाई सिविन भैरहवाका प्रबन्धक विष्णुमाया पौडेल, भगवती श्रेष्ठ र फुलमाया पासवानले सहजीकरण गर्नुभएको थियो ।
    ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने नारासहित बालबालिकाको क्षेत्रमा काम गर्ने संस्था सिविनले बालबालिका राष्ट्रिय गौरव हुन भन्ने अवधारणा अगाडी सारेको छ ।