२०८२, माघ २ गते

Jan 16 2026 | २०८२, माघ २ गते

कोरोना संक्रमण रोकथाम गर्न संक्रमितको संख्याको आधारमा निषेधाज्ञा जारी गर्ने 

मंगलवार , बैशाख १४, २०७८

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • काठमाडौं, १४ बैशाख।

    कोरोना संक्रमणदर भयावह बन्दै गएकोले यसको नियन्त्रण, रोकथाम र प्रतिकार्यका लागि सरकारले संक्रमितको संख्याको आधारमा जिल्लास्तरमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ। 

    संक्रमण नियन्त्रण गर्न बिगतको जस्तै लकडाउन गर्ने वा नगर्ने भन्ने दुईथरी मत र सुझाव आएकोले संक्रमणको दर र संक्रमित संख्याको आधारमा जिल्ला संकट ब्यबस्थापन समितिले आदेश जारी गर्न सक्ने ब्यबस्था मिलाइएको छ। 

    काठमाडौ उपत्यका र तराईका जिल्लामा ५ सयभन्दा बढि संक्रमितको संख्या भएमा तथा अन्य पहाडी र हिमाली जिल्लामा २ सयभन्दा बढि भएमा प्रमुख जिल्ला अधिकारीले सिसिएमसिको सिफारिसमा लकडाउन वा निषेधाज्ञा जारी गर्न सक्ने निर्णय मन्त्रीपरिषदले गरेको छ। 

    उपत्यका बाहिर बिरामी थपिँदै गए कतिपयलाई हवाई सेवा आवश्यक पर्नसक्ने भएकाले आन्तरिक उडान व्यवस्थित रूपमा सञ्चालन गर्ने निर्णय समेत गरिएको सरकारका प्रबक्ता एवं संचारमन्त्री पार्वत गुरुङ्गले बताए।