२०८२, पौष २ गते

Dec 17 2025 | २०८२, पौष २ गते

युद्धबाट थाकेका सिरियालीहरू युफ्रेटिस नदीमा ज्यान जोखिममा राख्न बाध्य

बुधवार , पौष २, २०८२

  • 49
    Shares
  • 49
    Shares
  • काठमाडौं, २ पुस । सिरियाको पूर्वी देयर अल–जोर प्रान्तमा वर्षौंदेखिको द्वन्द्वले सबै प्रमुख पुलहरू ध्वस्त भएपछि स्थानीय बासिन्दाहरू असुरक्षित र अस्थायी डुङ्गा (फेरी) मा नदी तर्न बाध्य भएका छन् ।

    यी डुङ्गाहरूमा यात्रा गर्दा बारम्बार दुर्घटना हुने गरेको छ र धेरैले ज्यान गुमाइसकेका छन् । देयर अल–जोरमा पूर्वको जजीरा क्षेत्र र पश्चिमको शमिया तट जोड्ने ६ वटा ठूला पुलहरू थिए ।

    सन् २०१७ को अन्त्यसम्ममा ती सबै युद्धको क्रममा नष्ट भइसकेका थिए । अहिले शहरको उत्तरी भागमा सन् २०२२ मा बनाइएको एउटा अस्थायी माटोको पुल मात्र छ । ग्रामीण क्षेत्रका लागि भने नदी तर्न डुङ्गा नै एकमात्र विकल्प बाँकी छ ।

    अब सिरियाको अवस्था क्रमशः स्थिर बन्दै गएकोले स्थानीयहरूले सरकारसँग जनताको हितलाई प्राथमिकतामा राखी पूर्वाधार सुधार गर्न, विशेष गरी पुलहरू पुनर्निर्माण गर्न जोडदार माग गरेका छन् ।

    युद्धले ध्वस्त बनाएको पूर्वाधारका कारण दैनिक जीवन जोखिमपूर्ण बनेको यो क्षेत्रमा पुलहरू बनेमा मात्र स्थानीयले राहतको सास फेर्नेछन् ।