२०८२, फाल्गुण ९ गते

Feb 21 2026 | २०८२, फाल्गुण ९ गते

‘बालबालिकामाथिको लगानी सबैभन्दा सार्थक र उत्पादनशील’

बुधवार , पौष २, २०८२

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • भैरहवा, २ पुुस । बालबालिका राष्ट्रिय गौरव हुन एक अवधारणा विषयमा रुपन्देहीको भैरहवामा मंगलबार सरोकारवालासँग छलफल भएको छ । लेखक तथा परिकल्पनाकार गौरी प्रधानद्वारा तयार पारिएको अवधारणामाथि छलफल गरिएको हो ।

    बालबालिकाको क्षेत्रमा काम गर्ने संस्था सिविन नेपालको आयोजनामा भएको कार्यक्रममा सिविनका प्रबन्ध निर्देशक धु्रव गौतमले प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले १० वटा बुँदामा छलफल गराउनुभएको थियो । बालबालिका किन राष्ट्रिय गौरव हुन भन्ने विषयमा अन्तरक्रिया भएको थियो । 

    बालबालिका जनसंख्याको आधाभूत र महत्वपूर्ण हिस्सा भएको गौतमले बताउनुभयो । उहाँले बालबालिकामाथिको लगानी सबैभन्दा सार्थक र उत्पादनशील हुने पनि बताउनुभयो ।

    कार्यक्रममा राष्ट्रिय बालबालिका नीति २०८० का बारेमा सिविनका भगवती श्रेष्ठले प्रस्तुतीकरण गर्नुभएको थियो । सिविन भैरहवाका प्रमुख विष्णुमाया पौडेलको सञ्चालनमा भएको कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागीता थियो ।

    कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईले अधिकारका कुरा गरेर मात्र नहुने कर्र्तव्य पनि गर्नुपर्ने बताउनुभयो । 

    कार्यक्रममा ओमसतिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थी, माइती नेपाल भैरहवाका प्रमुख माया क्षेत्री, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका महिला सेलकी मीना आचार्य, सिद्धार्थनगर बाल सन्जालका अध्यक्ष तारा प्रसाद बेल्बासे लगायतले बोल्दै बोल्नुभएको थियो । उहाँहरुले बालबालिकालाई संघ–संस्थाका जुलुस तथा चुनावमा प्रयोग नगर्न पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।