२०८२, पौष १ गते

Dec 16 2025 | २०८२, पौष १ गते

कालिका मानवज्ञान मावि ६५ औं वर्षमा

मंगलवार , पौष १, २०८२

  • 625
    Shares
  • 625
    Shares
  • बुटवल, १ पुस । रुपन्देहीको बुटवल उपमहानरपालिका–१० स्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयको ६५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस-२०८२ पुस १ देखि ५ गतेसम्म विभिन्न कार्यक्रम गरी मनाउने भएको छ ।
     
    ६५ औं वार्षिकोत्सव कार्यक्रममा आयोजना गरिने खेलकुद तथा जिल्लास्तरीय कालिका कप खेलकुद प्रतियोगिता आयोजना गरिएको छ ।

    विद्यालयले सोमबार सेक्टर २ रामनगरमा  पत्रकार सम्मेलनको आयोजना गरी किताबी ज्ञान मात्र नभइ शारीरिक अभ्यास खेलकुद एवं विभिन्न प्रदर्शनीको माध्यमबाट पनि विद्यार्थीहरुलाई ज्ञान सिकाउन सकिन्छ भन्ने उद्देश्यका साथ ‘शिक्षासँगै खेल’ भन्ने नाराका साथ कालिका रनिङ शिल्ड प्रतियोगिताको चौथो जिल्लास्तरीय कालिका कप खेलकुद प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी गराएको हो ।

    विद्यालयका प्रधानाध्यापक दिनेश थापाका अनुसार पुस २ गतेदेखि कालिका मानवज्ञान माध्यमिक विद्यालयमा ‘जिल्लास्तरीय कालिका रनिङ शिल्ड’ आयोजना हुनेछ ।

    वि.सं. २०७६ सालमा ‘नगरस्तरीय कालिका रनिङ शिल्ड’ विद्यालयका तत्कालीन व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर गलामी तथा प्र.अ.  घनश्याम पाठकको पहल  कालिका कप सुरुवात भएको थियो । 

    कालिका कप खेलकुद प्रतियोगिता–२०८२ मा भलिबल (छात्र÷छात्रा) र कबड्डी (छात्र÷छात्रा) जिल्लास्तरीय प्रतियोगिता आयोजना हुनेछ । जसमा  भलिबल र कबड्डी विजेता टीमलाई नगद पुरस्कार, ट्रफी र मेडल प्रदान गरिनेछ ।  प्रथम  हुने समूहले नगद ३० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । त्यस्तै द्वितीय हुने टीमले २० हजार रुपैयाँसहित ट्रफी र मेडल र तृतीयले नगद १० हजारसहित ट्रफी र मेडल प्राप्त गर्ने विद्यालयका प्रधानाध्यापक दिनेश थापाले जानकारी दिनुभयो ।

    त्यस्तै जिल्लास्तरीय कालिका कप अन्र्तगतको कबड्डी प्रतियोगितामा पनि सोही अनुसारको पुरस्कार व्यवस्थापन गरिएको छ । कालिका कपसहित वार्षिक उत्सव उद्घाटन कार्यक्रम कालिकानगरमा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयको प्रमुख आतिथ्यतामा हुँदैछ । पुस १ गते जसमा खेलाडीहरुको मार्चपास, झाँकी, विद्यालयका करिब ६ हजार विद्यार्थीहरुले पि.टी. प्रर्दशन गर्नेछन् ।

    यसको साथै विद्यालयको ६५ औ वार्षिकोसवमा पुस १ गते जिल्लास्तरीय कालिका कप २०८२ समुद्घाटन समारोह, पुस २–५ सम्म भलिबल तथा कबड्डी (छात्र/छात्रा) प्रतियोगिता, पुस ४ गते स्वर्गीय शेरबहादुर गुरुङ स्मृति अक्षयकोष जिल्लास्तरीय कविता प्रतियोगिता,  पुस ४ गते स्व. मन्दिरा गलामी स्मृति अक्षयकोष सिङ्गिङ आईडल प्रतियोगिता, पुस ६ गते विभिन्न शीर्षकका अक्षयकोषबाट छात्रवृत्ति पुरस्कार वितरण समारोह, विद्यार्थी सम्मान, पुस ६ गते अन्तर विद्यालय पाँच हजार मिटर दौड प्रतियोगिता (बिहान ६ बजे), पुस ७ गते मूल समारोह, विभिन्न साँस्कृतिक कार्यक्रमहरु, विज्ञान प्रविधि, ललितकला प्रदर्शनी, शिक्षक कर्मचारी पुरस्कार वितरण कार्यक्रम आयोजना हुनेछन् ।

    खेल विधालाई अभिन्न अंगको रुपमा योजना गराई कार्य सञ्चालन गर्दा विद्यालयको समग्र शैक्षिक विकासमा टेवा पुग्ने गरी काम गरेको विद्यालयका प्रधानाध्यापक दिनेश थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो–‘यस कार्यले प्रमाणित गरेको छ । जसले यस विद्यालयको मात्रै नभइ समग्र जिल्लाबासीकै खेलप्रतिको रुची र लगावमा विकास भएको छ । कालिका मानवज्ञा माविमा वि.सं. २०७६ सालमा १४–१४ वटा स्वर्ण, कास्य र रजत पदकबाट स्थापित यो रनिङ शिल्ड वि.सं. २०७८ मा आइपुग्दा १६–१६ पदक, २०७९ मा २४–२४ र हाल आएर ३२–३२ पदकमा यसले आफूलाई वृद्धि गर्दै लगेको छ । 

    वि.सं. २०७६ सालमा यस विधा अन्तर्गत २२, वि.सं. २०७८ मा ३२, वि.सं. २०७९ मा ४९, २०८० सालमा २७ र २०८१ सालमा २६ वटटा विद्यालय संलग्न रहेका थिए । प्राज्ञिक तथा शैक्षिक क्षेत्रमा मात्र नभइ खेलकुद तथा अतिरिक्त क्रियाकलापमा समेत महत्वपूर्ण उपलब्धि हासिल गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पदकहरु जिती राष्ट्रको गरिमा उचो गराउने अब्बल खेलाडीहरु समेत उत्पादन गर्न सफल भएको विद्यालयले जनाएको छ ।  

    यहाँ उत्पादित खेलाडीहरुले ‘१२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता’ मा विभिन्न विधाहरु जस्तै कबड्डीमा राहुल अर्याल र दिपेश यादवले स्वर्ण पदक प्राप्त गर्न सफल हुनुभएको थियो । 

    त्यसै गरी गण्डकी प्रदेशमा सञ्चालित ‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता’ विद्यालयका सलिम देवानले एथलेटिक्सको लंगजम्पतर्पm आप्mनो नाममा नयाँ रेकर्ड बनाउँदै स्वर्ण पदक प्राप्त गर्नुभएको थियो । 

    त्यसै गरी कबड्डी छात्रतर्पm सतिश कुर्मी, राहुल अर्याल, अमित राजभरलर मुबारक मियाले स्वर्ण पदक प्राप्त गर्नुभएको थियो । त्यसै गरी कबड्डी छात्रातर्पm आर्जु क्षेत्री र सुजाता बुढाथोकीले पनि सहभागीता जनाउनुभएको थियो । 

    त्यस्तै आईटीएफ तेक्वान्दोतर्पm यसै विद्यालयकी रुपा बुढाथोकीले रजत पदक प्राप्त गर्न सफल हुनुभएको थियो । नवौं राष्ट्रिय खेलकुदमा यस विद्यालयका १२ जना विद्यार्थीको सहभागीता रहेको र उनीहरुद्वारा महत्वपूर्ण उपलब्धी रहेको विद्यालयले जनाएको छ । 

    पत्रकार सम्मेलनमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीले कालिका मानवज्ञान माविको शैक्षिक उन्नयनमा शिक्षक, विद्यार्थी, विद्यालय प्रशासन र अभिभावकहरुको साझा पहल रहेको बताउनुभयो ।

    त्यस्तै विद्यालयका प्रमुख शैक्षिक सल्लाहकार, विद्यालयका पूर्व प्रधानाध्यापक तथा  बुटवल कालिका क्याम्पसका प्रमुख घनश्याम पाठक, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष होम गलामी, विद्यालयका सहायक प्रधानाध्यापक विष्णुहरी ज्ञवाली, पिताम्बर बन्जाडे, विद्यालय व्यवस्थापन समितिका सदस्य, सल्लाहकार समितिका सदस्य, इञ्चार्ज, शिक्षक, प्रशिक्षकहरुको सहभागीता थियो ।