मंगलवार , पौष १, २०८२
भैरहवा, १ पुस । यौन हिंसाजन्य घटनामा परेका बालबालिकाका सहयोगीहरुको लागि मानव अधिकारमा आधारित मानसिक स्वास्थ्य सम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रम सोमबार रुपन्देहीको भैरहवामा सम्पन्न भएको छ ।
सिविन नेपालको आयोजनामा भएको कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधि, विद्यालयका शिक्षक, सहजकर्ता गरी ३० जनाको सहभागीता थियो ।
सहभागीलाई सिविनका कार्यक्रम निर्देशक धु्रव गौतम, भगवती श्रेष्ठ, विष्णुमाया पौडेल, फुलमाया पासवानले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा दुव्र्यवहार र यौन दुव्र्यवहार सम्बन्धी बुझाइ, आघात प्रतिक्रिया, विकासको मोडल, नियमन र स्थिरीकरण अभ्यास, ब्रेन एण्ड डेन्जर लगायतका बारेमा अभिमुखीकरण गरिएको थियो ।
समापन कार्यक्रममा सहभागीबाट इन्द्र कुमार यादव, सन्तोषी गुरुङले आफ्नो २ दिने बसाईको बारेमा अनुभव सुनाउनुभएको थियो।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij