सोमवार , मंसिर २९, २०८२
भैरहवा, २९ मंसिर । काठमाडौंमा जारी नेकपा (एमाले) को ११ औं महाधिवेशनमा नेता गोपाल रानाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँले सोमबार भूगोलतर्फ लुम्बिनी प्रदेशबाट खुल्ला सदस्यमा उम्मेदवारी दर्ता गराउनुभएको हो।
राजनीतिक स्थायीत्व र समृद्ध मुलुकका लागि नेकपा (एमाले) लाई बलियो बनाउनु पर्ने र त्यसका लागि असल नेतृत्व खाँचो रहेको बताउँदै उहाँले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको बताउनुभयो ।
हाल एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा बुटवल उपमहानगरपालिकाको इञ्चार्ज रहनुभएका रानाले राजनीतिक स्थायीत्वबाट नै युवाहरुको माग सम्बोधन गर्न सम्भव भएको बताउनुभयो । यसका साथै राजनीति नै समाज रुपान्तरणको माध्यम भएको उहाँले उल्लेख गर्नुभयो ।
रुपन्देहीमा हुने स्थानीय, प्रदेश तथा प्रतिनिधि सभाका निर्वाचनमा पार्टीको मोर्चा सम्हाल्दै आएका उहाँ हालसम्म कुनै पनि लाभको पदमा रहनुभएको छैन ।
युवाहरुको मुद्दालाई अगाडि ल्याउन आफ्नो उम्मेदवारी रहेको उहाँले बताउनुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij