२०८२, मंसिर २९ गते

Dec 15 2025 | २०८२, मंसिर २९ गते

सामान्य बढ्यो शेयर बजार, फाइनान्समा झुम्मिए लगानीकर्ता

सोमवार , मंसिर २९, २०८२

  • 172
    Shares
  • 172
    Shares
  • काठमाडौं, २९ मंसिर । सोमवार शेयर बजार सामान्य बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.७४ अंकले बढेर बन्द भएको छ । बजार बन्द हुनुभन्दा केही बेर अगाडिसम्म घटिरहेको बजारमा अन्तिम समयमा खरिदकर्ता हाबी भएपछि बजार बढेको हो । 

    आज नेप्से ०.२५ प्रतिशतले बढेर परिसूचक १६०१.६१ बिन्दु पुगेको छ । आज दिनभरमा ३ अर्ब ४४ करोड १९ लाख रुपैयाँ बराबरको ७७ लाख ५७ हजार ६२५ कित्ता शेयर कारोबार भएको छ । 

    बजार बन्द हुँदा १५५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ९४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १० वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

    दिनभरमा ३२९ वटा कम्पनी कारोबारमा आउँदा ५६ हजार १२२ पटक शेयर किनबेच भएको छ । आज दुई वटा कम्पनीको शेयर मूल्यमा भने सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ ।

    १३ समूह मध्ये होटेल तथा पर्यटन, लगानी, लघुवित्त, म्युचुअल फण्ड र अन्य समूह घटेको छ भने बाँकी अरू समूह बढेको छ । आज सबैभन्दा बढी फाइनास समूह ०.९० प्रतिशतले बढेको छ भने सबैभन्दा बढी अन्य समूह ०.१७ प्रतिशतले घटेको छ ।