२०८२, मंसिर २९ गते

Dec 15 2025 | २०८२, मंसिर २९ गते

सि.बि. पब्लिकमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

सोमवार , मंसिर २९, २०८२

  • 379
    Shares
  • 379
    Shares
  • भैरहवा, २९ मंसिर । विद्यार्थीहरुको ज्ञान, बौद्धिक क्षमता तथा प्रतिष्पर्धात्मक भावना विकास गर्ने उद्देश्यले सि.बि. पब्लिक हाई स्कूलमा आइतबार हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

    विद्यालयका उपप्रधानाध्यापक उजेली कुमारी सोनीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि विद्यालयका प्रधानाध्यापक उदय कुमार मल्लिकले यस्ता शैक्षिक कार्यक्रमहरुले विद्यार्थीलाई पाठ्यपुस्तकभन्दा बाहिरको ज्ञान हासिल गर्न प्रेरणा दिने बताउनुभयो ।

    त्यसपश्चात सञ्चालक तथा क्वीज मास्टर रस्मीता थारुले प्रतियोगिताका सम्पूर्ण नियमको बारेमा विद्यार्थीहरुलाई जानकारी गराउनुभएको थियो । प्रतियोगिताको निर्णायकमा विद्यालयका शिक्षकहरु कमला नेपाल, रीता जैशी र निर्मला लोहनी रहनुभएको थियो ।

    प्रतियोगितामा कक्षा ७, ८, ९ र १० का विद्यार्थीहरु थिए जसको कूल संख्या (१६) रहेको थियो। प्रतियोगितामा विभिन्न (हाउसहरु) रहेको थियो । जसमा रानीमहल, तिलौराकोट, लुम्बिनी र देवदह गरी ४ वटा हाउसको सहभागीता रहेको थियो । प्रत्येक हाउसबाट ४ जनाको संख्या गरी ४ समूह (हाउस) थियो ।

    यस कार्यक्रमका बोर्ड स्कोरेर र मैन स्कोरेर क्रमश : निष्कर्ष शर्मा र सना खान रहनुभएको थियो । त्यस्तै समय सूचकमा कृशंग थापा, समाचार लेखनमा विजय गुप्ता र माइक होल्डर रिया गुप्ता रहनुभएको थियो ।

    पहिलो राउण्डमा लुम्बिनी हाउसले ४५, रानीमहल हाउसले ३५, तिलौराकोटले ३० र देवदहले २५ अंक हासिल गरे । त्यस्तै दोस्रो राउण्डमा लुम्बिनीले ६५, रानीमहलले ४०, तिलौराकोटले ५५ र देवदहले १० र तेस्रो राउण्डमा लुम्बिनीले ४०, रानीमहलले ४५, तिलौराकोटले ३० र देवदहले ३५ अंक ल्याए । कडा प्रतिष्पर्धापछि प्रथम लुम्बिनी हाउस (१९० अंक), दोस्रो रानीमहल हाउस (१५५ अंक), तेस्रो तिलौराकोट हाउस (१४५ अंक) र चौथो देवदह हाउस हाउस (११५ अंक) रहेको थियो ।

    यसरी लुम्बिनी हाउसको कप्तान केशव भण्डारीको नेतृत्वमा भुवन श्रेष्ठ, इशान आलम, समृद्धि मल्लिक हुनुहुन्थ्यो । त्यस्तै रानीमहल हाउसको कप्तान सिखा यादवको नेतृत्वमा खुशी गुरुङ, निकिता मल्ला र सत्यम श्रेष्ठ हुनुहुन्थ्यो । तिलौराकोट हाउसको कप्तान बन्दना गौतमको नेतृत्वमा अच्युत न्यौपाने, गगन यादव र तृषला कर्ण थिए र देवदह हाउसको कप्तान यमुना घिमिरेको नेतृत्वमा सौभाग्य सुनार, प्रिन्स कल्वर र अनुभव अधिकारी रहनुभएको थियो ।

    विजेता लुम्बिनी हाउसलाई विद्यालयका प्रमुख अथिति एवं प्रधानाध्यापकका रूपमा रहेका उदय कुमार मल्लिकले पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा शिक्षकशिक्षिका, विद्यार्थी तथा विद्यालय व्यवस्थापन समितिका सदस्यहरूको उपस्थिति थियो।

    कार्यक्रम अध्यक्ष उजेली कुमारी सोनीले धन्यवाद ज्ञापन गर्दै यो कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो ।

    विजय गुप्ता कानु 
    कक्षा १०