सोमवार , मंसिर २९, २०८२
भैरहवा, २९ मंसिर । सिद्धार्थ सञ्जाल, रुपन्देहीको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन आगामी पुस ११ गते शुक्रबार भैरहवामा हुने भएको छ ।
सञ्जालको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन पुस ११ गते दिउँसो ३ बजेदेखि सिद्धार्थनगर नगरपालिका–१३ स्थित नान्स होटलमा हुने संस्थापक अध्यक्ष अनिल कुमार ज्ञवालीले बताउनुभयो ।
संस्थापक अध्यक्ष ज्ञवालीका अनुसार यस क्षेत्रका विभिन्न समस्याहरुको समाधानका लागि संयुक्त रुपमा आवाज उठाउने उद्देश्यले सिद्धार्थ सञ्जाल, रुपन्देही गठन गरिएको हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij