२०८२, फाल्गुण ९ गते

Feb 21 2026 | २०८२, फाल्गुण ९ गते

सिद्धार्थ सञ्जालको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन पुस ११ मा हुने

सोमवार , मंसिर २९, २०८२

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • भैरहवा, २९ मंसिर । सिद्धार्थ सञ्जाल, रुपन्देहीको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन आगामी पुस ११ गते शुक्रबार भैरहवामा हुने भएको छ ।

    सञ्जालको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन पुस ११ गते दिउँसो ३ बजेदेखि सिद्धार्थनगर नगरपालिका–१३ स्थित नान्स होटलमा हुने संस्थापक अध्यक्ष अनिल कुमार ज्ञवालीले बताउनुभयो ।

    संस्थापक अध्यक्ष ज्ञवालीका अनुसार यस क्षेत्रका विभिन्न समस्याहरुको समाधानका लागि संयुक्त रुपमा आवाज उठाउने उद्देश्यले सिद्धार्थ सञ्जाल, रुपन्देही गठन गरिएको हो ।