२०८२, फाल्गुण ९ गते

Feb 21 2026 | २०८२, फाल्गुण ९ गते

मानव बेचविखन नियन्त्रण जिल्ला समितिको बैठक सम्पन्न

सोमवार , मंसिर २९, २०८२

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • भैरहवा, २९ मंसिर । मानव बेचबिखनको वर्तमान अवस्था समस्या र चुनौती विषयमा आइतबार भैरहवामा छलफल भएको छ । मानव बेचविखन नियन्त्रण जिल्ला समिति भैरहवा रुपन्देहीको आयोजना तथा माइती नेपाल भैरहवाको सह–आयोजनामा बैठक भएको हो ।

    बैठकमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी तथा समितिका संयोजक माधव प्रसाद पोखरेलले माइती नेपालले गरेको कार्यको प्रशंसा गर्दै उद्वार कार्यमा पछिल्लो समयमा घट्दो तथ्यांकले सुधारको संकेत गरेको बताउनुभयो । उहाँले सबैले हातेमालो गरेर अघि बढे बेचविखनमा न्युनीकरण आउने विचार व्यक्त गर्नुभयो ।

    बैठकमा माइती नेपाल भैरहवाका प्रमुख माया क्षेत्रीले भए–गरेका गतिविधि, क्रियाकलापका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । बैठकमा महिला तथा बालबालिकाको बेचबिखनको स्थिति, चौमासिक तथ्यांक, घरेलु हिंसा सम्बन्धी समस्याका कारण घर छाडेर हिंड्नेहरुको संख्या घटाउने उपायहरु, असुरक्षित वैदेशिक रोजगारका कारण हुने ओसारपसार, सामाजिक सञ्जालको दुरुपयोग र सामाजिक सूचना व्यवस्थापन प्रणाली अपडेटका बारेमा छलफल भएको थियो । 

    बैठकमा रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्य, मातृका आचार्य, प्रहरी प्रमुख प्रदिप बहादुर क्षेत्री, सशस्त्र प्रहरी उपरीक्षक मेखनाथ जोशी, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय रुपन्देहीका उपअनुसन्धान निर्देशक प्रकाश आचार्य, सिद्धार्थनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव चेतनशिल लम्साल, पत्रकार शंकर पाण्डे लगायतले बोल्नुभएको थियो ।