२०८२, मंसिर २८ गते

Dec 14 2025 | २०८२, मंसिर २८ गते

नख्खु कारागारका कैदी रुपन्देहीमा पक्राउ

आइतवार , मंसिर २८, २०८२

  • 424
    Shares
  • 424
    Shares
  • भैरहवा, २८ मंसिर । नख्खु कारागार कार्यालय काठमाडौंमा ठगी तथा बैकिङ कसुर मुद्दामा कैदमा रहेका एकजना कैदी रुपन्देहीमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिका–१ बस्ने अन्दाजी ४२ वर्षिय दिनेश कोइराला रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीले जानकारी दिनुभयो ।

    डीएसपी कार्कीका अनुसार केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौंको समन्वयमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले कोइरालालाई मंसिर २६ गते शुक्रबार सिद्धार्थनगर नगरपालिका–४ स्थित दोगहराबाट नियन्त्रणमा लिइएको हो । ‘दिनेश कोइरालालाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको छ, ’उहाँले भन्नुभयो ।

    गत भदौ २३ गतेपछि देशभर भएको प्रदर्शनका क्रममा कारागार कार्यालयहरूमा भएको तोडफोड, आगजनीपश्चात् नख्खु कारागार कार्यालय काठमाण्डौंमा ठगी तथा बैकिङ कसुर मुद्दामा कैदमा रहेका कोइरालालाई पक्राउ गरिएको रुपन्देही प्रहरीले जनाएको छ।