
सोमवार , बैशाख १३, २०७८
भैरहवा, १३ वैशाख ।
लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेयले भैरहवास्थित भीम अस्पताल र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालको सोमबार निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा मन्त्री पाण्डेयले विरामीहरुको समस्या र अस्पतालबाट प्रवाह भएका सेवाबारे स्वास्थ्यकर्मीहरुसंग जिज्ञासा राखेका थिए ।
आफू भौतिक पूर्वाधार विकास मन्त्री भए पनि स्वास्थ्य सेवालाई पनि प्राथमिकतामा राखेर यस क्षेत्रमा भएका स्वास्थ्यसम्बन्धी समस्याहरुको समाधान गर्न लागिपर्ने उनले बताए । ‘म जनताको सेवक हुँ, प्रदेश सरकारको मन्त्रीको हिसाबले समग्र विकासको लागि दत्तचित्त भएर लागेको छु, ’उनले भने । कोभिड–१९ को विषम परिस्थितिमा स्वास्थ्यकर्मीहरुको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij