२०८३, बैशाख १७ गते

Apr 30 2026 | २०८३, बैशाख १७ गते

काशीमा खेल सप्ताह सुरु

शनिवार , मंसिर २७, २०८२

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • भैरहवा, २७ मंसिर । काशी नोबल एकेडेमी सिद्धार्थनगरको आयोजनामा शुक्रबारदेखि वार्षिक खेलकुद सप्ताह–२०८२ शुरु भएको छ । विद्यालय सञ्चालक समितिका अध्यक्ष टोप बहादुर रायमाझीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा चेम्बर अफ कर्मस, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) का अध्यक्ष सचिन रोक्काले उद्घाटन गर्नुभएको थियो । सो अवसरमा बोल्दै अध्यक्ष रोक्काले जीवनमा स्वास्थ्य, शिक्षा र खेलकुद अपरिहार्य रहेको बताउनुभयो । 

    कार्यक्रममा सामूहिक विद्यालय परिवार, रुपन्देहीका अध्यक्ष समसाद इद्रीसी, प्याब्सन लुम्बिनी प्रदेशका कोषाध्यक्ष महेश भुर्तेल, लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझी, राष्ट्रिय अभिभावक संघ सिद्धार्थनगरका अध्यक्ष उमा काफ्ले, साई ग्लोबल एकेडेमीका प्रबन्ध निर्देशक मोती प्रसाद पौडेल, सामूहिक विद्यालय परिवारका पूर्वअध्यक्ष गम्भिर गुरुङ, सचिव कमल कोइराला, जेसीआई सिद्धार्थ, नेपालका अध्यक्ष अर्जुन कुंवर, खेम लम्साल, महेन्द्र यादव, विद्यालयका प्राचार्य राजेन्द्र घिमिरे, सह–प्राचार्य श्रीरायमाझी, खेलकुद संयोजक दीपक काफ्ले लगायतको उपस्थिति थियो ।

    कार्यक्रमको सञ्चालन विद्यालयका कोओर्डिनेटर हरि प्रसाद आचार्यले गर्नुभएको थियो ।