२०८२, मंसिर २८ गते

Dec 14 2025 | २०८२, मंसिर २८ गते

गल्लामण्डीबाट अवैध सामान बरामद

शुक्रवार , मंसिर २६, २०८२

  • 715
    Shares
  • 715
    Shares
  • भैरहवा, २६ मंसिर । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ स्थित गल्लामण्डीबाट प्रहरीले अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले मटर दाना ७३ बोरा र मटर दाल ६ बोरा गरी अन्दाजी मूल्य १ लाख ४२ हजार रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिएको हो ।

    भन्सार छली, चोरी निकासी गरी केराउ (मटर) गोदाम गरी राखिएको छ भन्ने सुचना प्राप्त हुनासाथ आधारमा खटिएको प्रहरी टोलीले बुधबार सामान नियन्त्रणमा लिएको छ ।

    नियन्त्रणमा लिइएको सामान आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया बुझाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीले बताउनुभयो ।