बिहिवार , मंसिर २५, २०८२
काठमाडौं, २५ मंसिर । अन्तरिम सरकाका युवा तथा खेलकुदमन्त्री व्यवहारमा लागू नगरेसम्म लैङ्गिक हिंसा हट्न नसक्ने बताउनुभएकोछ।
खेलकुदमा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै खेलकुदमन्त्री गुप्ताले यस्तो बताउनुभएको हो । उहाँले लैङ्गिक हिंसा सबैले आफ्नो व्यवहारबाटै हटाउन जरुरी रहेको बताउनु भयो ।
लैङ्गिक हिंसा हुन नदिन आम नागरिकले आफ्नो व्यवहार र जीवनबाट शुरु गर्न जरुरी रहेको उहाँको भनाइ छ । बोलेर हिँड्ने तर व्यवहारमा कार्यान्वयन नगर्ने परिपाटीको अन्त्य गर्न जरुरी रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘लैङ्गिक हिंसाको कुराकानी जुन गरिरहेका छौँ । हिंसा हुन नदिन हामीले हाम्रो व्यवहारमा कतिको लागू गरिरहेका छौँ । त्यसमा निर्भर रहन्छ । हामीले हाम्रो जीवन र व्यवहारमा अपनाउने हो भने हिंसा हुँदैन ।
लैङ्गिक हिंसा हटाउन हामीले आफ्नो व्यवहारमा लागू नगरेकै कारण यो समस्या आएको हो । बोलेर मात्रै छोड्ने कुराले यो लागू हुँदैन । विभेदको कुरामा कसरी काम गर्नसक्छौँ त्यो हामी गर्नेछौँ । बजेट पनि छुट्याइएको रहेछ, त्यसमा हामी लाग्नेछौँ ।’
मन्त्री गुप्ताले विभेद अन्त्य गर्न सरकारले बजेट छुट्याएको र त्यसअन्तर्गत कार्यक्रम बनाएर आफू अघि बढ्ने प्रतिवद्धता जनाउनु भयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij